राष्ट्र बैंकका कर्मचारी फेरि पुगे अदालत, ३० वर्षीय सेवावधि खारेज गर्न निवेदन

काठमाडौँ, १२ माघ

नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको व्यवस्थानुसार तीस वर्षीय सेवावधि सम्बन्धी व्यवस्था खारेज गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

लोकसेवा आयोग र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई बैंकका सहायक निर्देशकहरु पुण्यप्रसाद बराल, रवि भण्डारी र उदयकुमार मण्डलले आइतबार दायर गरेको निवेदनमा बैंकको सो विनियमावलीको व्यवस्थाअनुसार ३० वर्षीय सेवावधिसम्बन्धी व्यवस्था खारेज गर्न माग गरिएको छ ।
बैंकको विनियमावलीमा भएको ३० वर्षीय सेवावधि हटाउन बैंक सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आयोगले दिएको सुझावसमेत गैरकानूनी भएको निवेदनमा जिकिर गरिएको छ ।

पुराना कर्मचारीको अनुभव र आवश्यकतालाई मनन गरी विद्यमान ३० वर्षीय सेवावधिमा अनिवार्य अवकाश लिनुपर्ने प्रावधान हटाउने निर्णय बैंक सञ्चालक समितिले गरेको थियो । समितिको निर्णय तत्काल कार्यान्वयन गर्न नहुने सुझाव आयोगले दिएपछि बैंकका १५० कर्मचारी अवकाशमा पर्ने भएकाछन् । वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुँदा विसं २०५८ ताका बैंकमा ५८ वर्ष उमेर या ३० वर्षीय सेवावधिमध्ये जुन पहिला आउँछ त्यसैमा अवकाश दिने नीति लिएको थियो । (रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया