राष्ट्र बैंकको अवलोकन गर्दै अर्थमन्त्री महराले दिए यस्तो निर्देशन

बिजनेसपाटी २९ मंसिर

अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकलाई आधुनिकीकरण गर्न निर्देशन दिएका छन् ।  राष्ट्र बैंकको अवलोकन गर्दै मन्त्री महराले राष्ट्र बैंक ऐनको समसामयिक सुधार गर्नुपर्ने समेत औल्याएका हुन् । राष्ट्र बैंकको कार्यक्षमता कमजोर रहेको भन्दै मन्त्री महराले राष्ट्र बैंक ऐन सुधार गर्दै बैंकको कार्यक्षमता बढाइने पनि बताए ।

उनले लक्षित वर्गसम्म बैंक पुग्न नसकेको भन्दै आधुनिकीकरणमा लाग्न राष्ट्र बैंक व्यवस्थापनलाई निर्देशन दिएको अर्थमन्त्रीका प्रस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिएका छन्  । प्रमुख आर्थिक सल्लाहकार तथा अर्थसचिव सहित राष्ट्र बैंक पुगेका अर्थमन्त्री महराले भूकम्पका कारण भत्केका राष्ट्र बैंकको संरचनाको पनि अवलोकन गरेका थिए । मन्त्रि महरासँगको भेटमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको सम्पत्ती राख्ने ढुकुटी भूकम्पका कारण ध्वस्त भएको भन्दै संरचना पुनरनिर्माणका लागि अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया