राष्ट्रसेवक छोरी जानुकाको यस्तो चाहना ( हेर्नुस भिडियो )

विजनेसपाटी ५ अशोज
सुदुर पश्चिमको वैतडी जिल्लाबाट उदाएकी चर्चिच लोक गायिका जानुका कुँवर र लोकप्रिय गायक खुमन अधिकारीको संयुक्त आवाजमा समेटिएको ‘राष्ट सेवक छोरी म त देशको सेवा गर्छु’ बोलको गीत भर्खरै युटुब मार्फत सार्वजनिक भएको छ । नायक धिरेन शाक्य र गायिका तथा रचनाकार गायत्री थापाको दमदार अभिनय रहेको यस लोक–आधुनिक गीतले यतिवेला बजार तताएको छ । दशै लगायतको चाड पर्वको परिवेश समेटिएको यस गीतमा खासगरी शसस्त्र प्रहरीहरुको दशै तिहार लगायतमा घर जान नपाएको पिडा समेटिएको छ । यस गीतको रचनाकार पनि स्वंय गायिका जानुका कुँवर नै हुन् ।

सुदुर पश्चिमको अति विकट जिल्ला वैतडीबाट शसस्त्र प्रहरीमा रहेर विगत सात बर्ष देखि राष्ट्रको सेवा गर्दै आएकी गायिका जानुकाले आफनै संगठनका साथीहरुको पिडा गीत मार्फत पोखेकी छन । बडो संर्घषका साथ कलाकारितमा छिरेकी जानुकाले दर्जन भन्दा बढी गीत गाइ सकेकी छिन । उनी यसवीच नेपालको नामी लोकगायिका बन्न सफल छिन । निरन्तर गायन क्षेत्रमा कृयाशिल जानुकाले यस अघि ‘जुल्फी हल्लाइ दे‘ ‘देशको माया मुटुमा’,‘नरो सानु नरो’,आइ लब यु डार्लिङ भन्न हतार नगर केटाको बानी नबुझि ’,‘मुटुको घाउ’, फोन गरेँ मायालु हिडँने बेलामा’‘जवानीको रङ’,फुलबुट्टे चोलीमा’, जस्ता दर्जन गीत उनका लोकप्रिय छन ।
यस गीतमा उनले फौजीले जनताको निमित्त आफनो ज्यानलाई नै धरापमा राखेर, घर परिवार विर्सिएर कठोर मन गराई काम गर्नुपर्ने हुँदा ती वेदनाहरु गीत मार्फत अभिब्यक्त गरेकी छिन । यस गीत शिवदर्शन डिजिटल प्रालिले बजारमा ल्याएको हो । जसको छायाँकन समेत कार्यदल गणमा गरिएको गायिका जानुकाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया