रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो
काठमाडौ २४ साउन । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ ।
शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो ।
यसबीचको २ दिनको अवधिमा १४ लाख गा्रहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय, ५ सय र १ हजारका रिचार्ज कार्ड विक्री गर्दै आएको छ ।
दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको समाचार आजको आर्थिक अभियानमा छ ।
टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । आइतबार ३ देखि रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।
यसलाई आधार मान्दा २ दिनको अवधिमा टेलिकमलाई प्रतिग्राहक १६ रुपैयाँ ६६ पैसाबराबर आम्दानी हुन आउँछ । यसरी हेर्दा टेलिकमलाई १४ लाख ग्राहकबाट २ करोड ३३ लाख २४ हजार रुपैयाँ आम्दानी गुमेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया