रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीको निष्काशन गर्ने
बिजनेसपाटी २९ कार्तिक
रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारि गर्ने भएको छ । कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले कर्मचारी र सर्वसाधारणलाई ८ करोड ४० लाख बराबरको आइपीओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
यसअघि गत जेठमा कम्पनीले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि ५ लाख ६० हजार कित्ता आइपीओ जारी गरेर बाँडफाँड समेत गरिसकेको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।
हाल रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको जारी पुँजी ५६ करोड र संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । यस कम्पनीले यसअघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया