लक्ष्मी बैंक नाफा १ अर्ब बढी

बिजनेसपाटी २५ श्रावण  ।

लक्ष्मी बैंकले गत आर्थिक बर्षमा एक अर्ब बढी नाफा कमाएको छ । बैंकद्वारा प्रकाशित आर्थिक वर्ष २०७३/७४ को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब २४ लाख ७७ हजार खुद नाफा गरेको छ । बैंकको अघिल्लो वर्ष नाफा ६७ करोड ७१ लाख थियो ।

७ अर्ब ४७ करोड चुक्ता पुँजी भएको बैंकले सो अवधिमा ब्याज आम्दानीबाट १ अर्ब ६५ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष भने ब्याज आम्दानी १ अर्ब ३० करोड कमाएको थियो ।

बैंकले असार मसान्तसम्ममा ५९ अर्ब ३२ करोड निक्षेप संकलन र  कर्जा प्रवाह ५२ अर्ब ७३ करोड गरेको छ । बैंकको अघिल्लो वर्ष निक्षेप ४८ अर्ब १५ करोड निक्षेप थियो भने कर्जा ४० अर्ब ३५ करोड थियो । बैंकको रिर्टन अन इक्यिुटी ११.६९ प्रतिशत रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया