लगातार ओरालो लाग्दै सेयर बजार

काठमाडौं, फागुन २६ । आज साताको दोस्रो दिनको कारोबार पनि घटेको छ । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.६८ अंक घटेर २७५१.४२ विन्दुमा झरेको छ। सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।

कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ८७ हजार १५६ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५० लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस्तै हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रह्यो । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटे ।

त्यसैगरी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत घटेको छ।

त्यसैगरी नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।

कारोबारका आधारमा नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएको हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाखको भयो । एनएलजी इन्स्योरेन्स कम्पनीको करिव ३५ करोड बराबरको शेयर कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया