लन्डनमा चलचित्र ‘अञ्जिला’को प्रिमियर

काठमाडौँ ४ फागुन २०८१ । फागुन २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अञ्जिला’को प्रिमियर बेलायतको राजधानी लन्डनमा गरिएको छ । लण्डनको एल्डरसटस्थित एम्पायर हलमा आयोजित प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे सहित चलचित्रकर्मी, व्यवसायीहरुको उपस्थिती थियो । प्रिमिएरमा सहभागी अधिकांशले चलचित्र ार्फत खेलाडीको एञ्जिलाको जीवन बुझ्न पाएको प्रतिक्रिया दिएका थिए ।
नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित चलचित्रको प्रिमिएरमा नेपालबाट निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, सह निर्माता विनोद अग्रवाल, कलाकार सिर्जना सुब्बा सहभागी थिए । कार्यक्रममा निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठले हङकङपछि लन्डनका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएकाले आफू उत्साहित भएको बताएका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । ‘अञ्जिला’मा बिषयगत शिर्ष गीत प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका छन् । गीतमा हरि लम्सालको संगीत रहेको छ भने स्वर बविना किराँतीको रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया