लमजुङमा सिभिल बैंकको थप दुई शाखा, स्थानिय खुशीले गदगद

बिजनेसपाटी २७ फागुन ।
सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा शनिवार २६ गते र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २७ गते छुट्टाछुट्टै कार्यक्रम बिच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले समुद्घाटन गरे ।
उक्त शाखाहरुको उद्घाटन समारोहहरुमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मी, राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोंथर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेस गुरुङ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ तथा सो क्षेत्रका उद्योगी व्यवसायी लगायत सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । उनले स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि स्थानीय तहमा सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे । नेपाल राष्ट्र बैंकले हरेक महानगरपालिका÷नगरपालिकार÷गाउँपालिकामा बित्तीय पहुँच पु¥याउने नीति अनुरुप सिभिल बैंकले हालसम्म कुनैपनि बैंकको पहुँच नपुगेको ठाउँहरुमा शाखा बिस्तार गर्दै गरेको बताए ।
कार्यक्रममा स्थानीयले पञ्चे बाजासहित स्वागत गर्दै स्थानिय स्तरमा सिभिल बैंकले शाखा खोलेकोमा खुशी व्यक्त गरेका थिए । साथै आमा समूह, युवा क्लव, बाल समूहले साँस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिलाएका थिए ।
सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा रु.२१ करोड ६५ लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ३१% को बृद्धि हो) खुद नाफा कमाउन सफल भएको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया