ललितपुरमा एमाले सचिवालय बैठक
ललितपुर, चैत ४, २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केही बेर अघि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको संगठनात्मक गतिविधि तथा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जानकारी प्राप्त भएको छ । आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया