लेख्दैछु (गजल)
-सगिता सुबेदी (गौतम)
यो मेरो दृष्टान्तमा सिर्जिएको
लेख तिम्रा निम्ति लेख्दैछु
नरिसाउनु ,
जहाँ धेरै समय खर्चिएर
तिम्रो अध्ययन गरेकीछु
देश प्रेम ,एकता र स्वाभिमानी
बिचारलाई पढेकीछु
त्यसैले,
तिम्रो बेइमानी होईन
सरल,सद्गुणको चर्चा गदैछु
हो ,
जमाना फेरिएको छ नयाँ फेशन
र , महत्वकाङ्क्षा
तर पनि
तिम्रो पोशाक उस्तै छ ।
हिड्ने चाल र साधन उस्तै देख्छु
त्यसोत ,
तिमी भाग्य र भबिष्य बताउने
मान्छे ,
देशबिकाशको आबहान्मा ब्यस्त छौ
परिबर्तनका कबिता ,गजल रच्दछौ
गोष्ठी सेमिनारले ,
आफ्नो लागि सोच्ने फुर्सदै छैन
त्यसैले एकतामा
मरिमेट्ने तिमै्र अनुहार देख्दैछु
साथि संगि रातमै अरब पति हुदा
चिल्ला गाडी गुड्दा
खबरदारी गर्ने
युवाबर्गलाई जगाउने
यो भिडमा ,यतिबेला कबि तिमीलाई भेट्दैछु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया