लोकगीतका पारखीहरुमाझ ‘बैशालु जोवन’ (भिडियो सहित )
बिजनेसपाटी ७ बैशाख
बल बहादुर गुरुङको शालैजो भाकाको गीत ‘बैशालु जोवन’ युटुब मार्फत हालै सार्वजनिक भएको छ । निर्भाना कला केन्द्रको प्रस्तुती रहेको गीतमा बलबहादुर गुरुङ र मनमाया वाइवाले स्वर भरेका छन् । गीतमा लय, शब्द तथा ऐरेन्ज सागर विरहीको रहेको छ ।
त्यसैगरी गीतमा हेरुका लामा र रिना थापा मगरको दमदार अभिनय रहेको छ । गीतको छायाङकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन विष्णुहरी तिल्मिसिनाले गरेका छन् । निर्भाना टीभि नेपालले दृश्य निर्माण गरेको गीतको निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका हुन् । प्रस्तुत गीत युटुबमा धेरैले रुचाइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया