लोकमानको दबाबमा यसरी बाहिरियो ८ अर्ब ८० करोड रुपैयाँ
काठमाडौं ८ कार्तिक ।
संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तानरण ऐन विपरीत दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांश रकम विदेश लैजान दिएको पत्तो लागेको छ ।
स्वीकृति नलिइ कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकको एकलौटी निर्णबाट विदेश लैजान दिइएको हो । उक्त रकम वेस्ट इन्डिजमा दर्ता रहेको रेनहोल्ड होल्डिङ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्रबैंक स्रोतले बतायो ।
कार्कीको निरन्तर दबाब पछि राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले दसैं विदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेका हुन् । त्यसको केही दिनभित्रै रकम विदेशिएको छ स्रोतले भन्यो । एनसेलको स्वीकृत पुँजी र वासतालमा देखिएको पुजी फरक परेको र नेपाल भित्राइएकोृ रकमको स्रोत खुलाउन भन्दै राष्ट्र बैंक र उद्योग विभागले लाभांश लैजान रोकेका थिए । यो रकम एनसेलको २०६८ /६९ को लाभांशबापत लैजान खोजिएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया