लोकमानसिंह कार्कीको सम्पत्ति सार्वजनिक विवरण माग
काठमाडौं–१७ श्रावण
सोलीडारिटी फर डा।केसी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ती विवरण सार्वजनिक गर्न माग गरेको छ ।
प्रमुख आयुक्त भएको तीन वर्ष बितिसक्दा पनि कार्कीले संविधानको प्रावधान अनुरुप सम्पत्ती विवरण सार्वजनिक नगरेको भन्दै अलायन्स सर्मथित युवाहरुले त्यस्तो माग गरेका हुन् ।
नेपालको संविधानको धारा २७, सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ तथा उक्त ऐनको दफा ३ (३) अनुसार सम्पत्ती विवरण प्रवाह गर्न नमिल्ने सुचनाको बर्गमा नपरेको उनीहरुको दाबी छ ।
आईतबार सुचनाको हकले दिएको अधिकारको प्रयोग गर्दै सयौं युवाले आयोगमा निवेदन दर्ता गर्न पुगेका थिए ।
माथीको आदेश भन्दै झण्डै एक घन्टा निवेदन दर्ता गर्न आयोगका कर्मचारीले आलटाल गरेका थिए । त्यसपछि केसी समर्थक र आयोग सुरक्षार्थ कर्मचारीबिच झडपकै अवस्था निम्तीएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया