वाम एकता र आगामी दिशा

माधव थापा

नेपाली कम्यूनिष्ट आन्दोलनका झण्डै सात दशक आरोह–अवरोह टुट, फुट, विभाज, एकता सँगै विभिन्न कालखण्डका सुखद–दुःखद परिधटनालाई नेपाली राजनैतिक रङ्गमञ्चमा हेर्दै अनि भोग्दै आएका वामपन्थी कम्यूनिष्टहरु प्रति आस्था, सर्मपन र भरोसा राख्ने सर्वहारा, श्रमजीवी, मजदुर, किसानसँगै आम न्यायप्रेमी जनसमुदायहरुको मुहारमा खुसी सँग–सँगै समृद्ध विकसित नेपाल निर्माणको सपना साकार हुने आसा र विश्वासको टुसा पलाउन थालेको छ । यस विशिष्ट अनि एतिहासिक महत्व बोकेर वामपन्थीहरु बिच चुनावी तालमेल र वामपन्थी एकतालाई ठोस र निर्णायक बनाउन यथासिघ्र दुबै पार्टीका मुख्य नेतृत्व र साहयक नेतृत्वहरु सक्रियता पुर्वक एकता र आगामी दिशावारे धनिवुद रुपमा छलफल, वहस सहित आवश्यक गृहकार्यलाई ठोस रुप दिनु पर्दछ । वाम एकताको परिणाम र आगामी वाम सरकारको वेग्र प्रतिक्षामा रहेका आम मतदाता, कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक र वामपन्थी प्रगतिशिल देशभक्तहरुको एकता प्रतिको उत्साह खुसीलाई परिणाम मुखी परिणाममा बदल्न दुई वामपन्थी पार्टीहरुलाई नैतिक दवाव खडा भएको छ । त्यस्तै वाम एकताबारे नेपाली राजनैतिक मैदानमा बिभिन्न अड्कलबाजी गर्दै वाम एकताका विषयमा नकारात्मक टिका–टिप्पनीहरु निकै गर्मागर्मीका साथ छताछ्ुल्ल हुनेगरी विरोधीहरु वहसमा उत्रिन थालेका छन् । अर्काथरी नेपाली जनताले एकताको जन्जीरले बाँधिएको दुई पार्टीको कडीलाई जनताको मनोभावना कमजोर पार्ने गरी देशी, विदेशी शक्तिकेन्द्रहरु नाङ्गगो रुपमा फुटाउ र राजनिती अनुरुप न्वारन देखीको बल प्रयोग गर्दै छन् । एकता विरोधीहरु फकाउने र तर्साउने निती अनुसार एउटा हातमा लड्डु र अर्काे हातमा लठ्ठी देखाएर द्वन्दकालिन मुद्दा देखी अख्तियारको धाक–धम्की देखाएर र्निवस्त्र आफ्नो राजनैतिक चरित्र देखाउदैछन् । वामपन्थीहरुलाई फुटाएर गैर वामपन्थीको तालमेलमा सरकार निर्माण गर्न हदसम्मको सामन्ती सत्ताबाट उन्मात भएका वामपन्थी विरोधीहरुका सबै नियोजित षड्यन्त्रको पर्खाल भत्काएर जनताले दिएको अभिमतको सम्मान र जनताले दिएको अभिभारा पुरा गर्न एकताको बलले मात्र सम्भव हुनेछ । तब मात्र सामन्तवादी अन्घरावट्रावाद र मध्यमार्गी अवसरवाद विरुद्धको संघर्ष सफलतासँगै निस्कर्षमा पुग्नेछ ।

भनिन्छ कम्यूनिष्ट भनेका समाजमा आईपरेका सबैखाले चुनौतिहरुसँग लड्दै सामाजिक अन्तरविरोधको पहिचान गरी सामाजिक न्याय स्थापित गर्ने जनसेवक एवं राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको पक्षमा लड्ने सिपाही हुन् । अतः एकताका मुख्य आधार कुनै पार्टी, नेता, कार्यकर्ता र संगठन मात्र नभई विचार राजनितीको आधार सहित सार्वभौमिकता र जनताको जिवन परिवर्तनसँग गाँसिएको हुनु पर्दछ राजनितीमा झुट जनतामा लुट र संगठनमा फुटको संशोधनवादी दुष्टीकोणलाई त्याग्दै हिजो गरेका सम्झौता, सहमती र प्रतिवद्धता सँगै राजनैतिक इमान्दारिता, नैतिकता र वफादारिता कम्यूनिष्टहरु सँग मात्र हुन्छ भन्ने उदाहरण दिएर कम्यूनिष्टहरु प्रति लाग्ने गरेको आरोप–प्रतिआरोप निवारण गर्न अहिलेको आवश्यक्ता नै मुख्य बिषय रहेको साथै यी माथी उल्लेखित विषयसँग सहमत र प्रतिवद्ध भई ने.क.पा. (एमाले) र ने.क.पा. माओवादी केन्द्र बिच प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अगादी भएका लिखित र मौखिक सम्झौता नै चुनावी तालमेल, संयूक्तः धोषणापत्र सहित वाम एकताका मर्म र भावना सबै सामु छर्लङ्ग रहेको छ । यो चुनावी परिणामले वामपन्थी प्रति अपार माया, विश्वास रहेको छ र त्यसको खिलाफ नजान जनताको निर्देशन व्यक्त भएको देखिन्छ । वामपन्थीहरुको पक्षमा आएका जनलहरले एकताको सुत्रमा बाँधिन समेत दुई पार्टीहरुलाई अपिल गरेको देखा पर्दछ । अब कुनै विलम्व नगरी छिटो भन्दा छिटो वाम एकतालाई पूर्णता दिदै बाँकी सम्पूर्ण वामपन्थीशक्तिहरुलाई समेत एकताको मार्ग प्रसस्त गर्न समेत नेपाली जनताको जनमत द्वारा निर्देषित गरेको आभाष देखा पर्दछ । तीन दशक लामो संविधान सभा द्वारा संविधान लेख्ने सपना आज पुरा भएको छ । यस एतिहासीक उपलब्धीको रक्षा र विकास गर्दै जनयुद्ध, जनआन्दोलनको बलमा सम्भव भएको हजारौं महान् सहिदहरुको रगतले लेखिएको संविधान द्वारा निर्मित गणतन्त्र, संघियता, धर्मनिर्पेक्षता र समानुपातिक, समावेशीता संस्थागत गर्दै विकास र समृद्धीको मार्गचित्र कोर्दै आगामी पाँच बर्ष भित्र जनतालाई स्वास्थ, शिक्षा, रोजगारी सहित आर्थिक उन्नती र प्रगतीको बाटोमा दोह¥याउँदै शान्ति सुरक्षा सहित सुशासनको अनुभुति गर्न पाउनु पर्दछ । साथै स्थानिय, सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारबाट आफ्नो मौलिक अधिकार पाउने ग्यारेन्टी सहित भ्रष्टाचार साझा चुनौती र विकास अनि समृद्धीको साझा उद्देश्यको कार्यभार पुरा गर्दै त्यसका निम्ती भ्रष्टाचार विरुद्ध अख्तियार आयोग, सर्तकता केन्द्र, सार्वजनिक लेखा समिति, सम्पती शुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग, विषेश अदालत, ट्रान्सपरेन्सी इन्टरनेश्नललाई स्वच्छ र हिम्मतीलो कदम उठाउन प्रेरित गर्दै सम्पूर्ण वामपन्थीशक्तिहरु सबै खाले बिकृती, बिसंगती र लुटतन्त्र विरुद्ध सक्रियता पुर्वक उत्रिन जरुरी छ ।

अब बन्ने एकीकृत कम्यूनिष्ट पार्टी नेतामुखी भन्दा जनमुखी बन्नु पर्दछ । अब कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु नेताहरुका भजन कृतन गर्ने भजन मण्डलीहरुको कर्मशाला नभएर नेपाल र नेपालीको भाग्य र भबिष्य निर्माण गर्ने मालेमावादको सार्वभौम विचार सिदान्तलाई आत्म साथ गर्दै द्वन्दात्मक भौतिकवादबाट प्रशिक्षित भएका बैज्ञानिक सहित आधुनिक विश्वबिद्यालयका २१ औं शताव्धीका विद्यार्थी जस्ता कार्यकर्ता हुनु पर्दछ । सामन्ती पुँजीपति वर्ग विरुद्ध राष्ट्रिय पँुजीपति वर्ग एवं अन्धराष्ट्रवाद र मध्यमार्गी अवसरवाद विरुद्ध शसक्त संघर्ष गर्दै बैज्ञानिक समाजवाद हुँदै आधुनिक साम्यवादको यात्रामा अगाडी बढ्न सम्पूर्ण वामपन्थीहरु एक ढिक्का हुनु पर्दछ । समाजमा सबै खाले उत्पीडनको अन्तय गर्दै सामाजिक न्याय बिधिको शासन कानुनी राज्यको लागी सम्पूर्ण वामपन्थीहरुले समान दृष्टिकोण निर्माण गर्न सक्नु पर्दछ । अब राष्ट्रको भबिष्य र जनताको भाग्य वामपन्थीहरुको हातमा छ । यो सबै कार्यभार पुरा गर्ने इमान्दार र देशभक्तिपूर्ण नेतृत्व राष्ट्रले खोजेको छ । यसको परिपूर्ती वामपन्थीहरुबाट मात्र सम्भव छ । त्यसका निम्ती पार्टीभन्दा माथी उठेर राष्ट्र र आफूभन्दा माथी सोचेर जनता हुन् भन्ने सोच नेतृत्वमा आउन जरुरी छ । इतिहासले दिएको जम्मेवारी जनताले दिएको अभिमत आवशयकताले पाएको अवसरलाई पुरा गर्ने र अवसरलाई गुमाउने दुबै आधार वामपन्थी नेतृत्वमै छ । यदि यो जनताले दिएको जिम्मेवारी र जनतालाई देखाएको विकास र समृद्धीको सपना पुरा नभए नेपाली राजनैतिक मैदानबाट जसरी अरु पार्टीहरु बढारिएको इतिहास जसरी देखा परेको छ त्यसैगरी त्यो र्दुभाग्य वामपन्थीहरुले अर्काे अध्यायमा भोग्नु नपरोस् ।

लेखक माकेका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति २०७४-१०-१७

फेसबुकबाट तपाईको प्रतिक्रिया