विज्ञान प्रविधिको विकासमा कम्प्युटर प्रविधिको योगदान : सन्दर्भ ‘क्यान इन्फोटेक मेला २०१९’
धनबहादुर मगर
सन् २०२८ सालमा भारत सरकारको आई वि एम कम्प्युटर केन्द्रसँग सहकार्य गरी नेपालको सरकारले २०२८ सालमा जनगणनाको लागि ल्याइयो । कम्प्युटरको महत्व र आवश्यकता महशुस गरेको तत्कालीन पञ्चायती सरकारले तिनै कम्प्युटरलाई राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरवार संस्थापन गरी पहिलो पटक नेपालमा कम्प्युटर प्रविधि भित्र्याइए पछि सूचना प्रबिधिको सुरुवात भएको मान्न सकिन्छ । त्यसपछि भने छिटपुट रुपमा निजी क्षेत्रले व्यवसायिक रुपमा नेपालमा पनि कम्प्युटर प्रविधि भित्र्यायो । सन् १९९२ मा नेपाल कम्प्युटर एशोसिएसको स्थापनाले विज्ञान प्रविधिमा फड्को मार्न टेवा पु¥याएको थियो ।
क्यान निजी क्षेत्रको व्यवसायिक संगठन हो । यस संस्थाको स्थापनाले नेपालमा कम्प्युटर प्रविधि भित्र्याउन सहज बनेको थियो ।
आइबी एम, एप्पल कम्प्युटर विश्वको बजारमा आयो । पहिलो कम्प्यटुर प्रविधिको विकास भएपछि र इन्टरनेट प्रविधिको विकास भएको थियो । इन्टरनेट प्रविधिले झन् विश्वलाई एक धुर्बमा बाँध्यो । नेपालमा पनि युवाहरूमा शिक्षाको पहुँच बढ्दै गएपछि सूचना र प्रविधि प्रति चाँसो बढ्यो ।
हुलाकी चिठीपत्र र टेलिग्राफको जमानाबाट उठेर उच्चस्तरको प्रविधिमा फड्को मारेको कम्प्युटरको पहिलो, दोस्रो, तेस्रो र चौथांै जेनेरेशनले सुचना प्रविधिमा नयाँ आयाम थप्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली जनताको जिज्ञासा र चाँसोको विषय क्रमश पूरा गर्ने सपना बुन्यो ।
जसले गर्दा सूचना प्रविधिमा समेत क्रान्ति आयो । हिजोआज सबैको घर–घरमा, कम्प्युटर हात–हातमा मोवाइल र इन्टरनेट सेवाको समेत सेवा लिइएको छ । कम्प्युटर प्रविधिको विकासले लगभग हस्तलिखित युगलाई हाम्रो देशमा पनि समाप्त नै गरिदिएको छ ।
यसमा कम्प्युटर एशोसिएसनको महत्वपूर्ण योगदान रहेको छ । यस वर्षको क्यान ईन्फोटेक मेला राजधानीको भृकृटीमण्डपमा आजैबाट शुरु भएको छ । यो मेला ६ दिन सम्म चल्ने छ । सूचना र प्रविधिमा हाम्रो देश नेपाल अगाडि बढीरहेको अवस्थामा छ । नयाँ नयाँ सेवा नयाँ नयाँ उत्पादनहरू पनि बढीरहेको छ । राजधानीको भृकुटी मण्डपमा भएको यसपालीको मेलाको आकर्षण विगतको भन्दा फरक रहने छ । मेलामा सहभागी सेवा प्रदायक संस्थाहरूले आ–आफ्नो उत्पादन बजारमा ल्याइरहेको घोषणा समेत गरेका छन् । यस २०१९ को माघ १५ गतेदेखि २० सम्म हुने यस क्यान इन्फोटक मेलामा कम्प्युटर, ल्याव टप, ड्रोन क्यामरा, सीसी क्यामेरा, मोवाइल, पेन ड्राइभ, ईन्टरनेट प्रोभाइडर संस्थाहरूका उत्पादन यस मेलामा राखिएको छ ।
सूचना र प्रविधिसँग सम्बन्धित संघ–संस्थाहरू, वित्तिय संघ–संस्थाहरू नेपाल टेलिकम, एनसेल लगायत सहभागी छन् ।
क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई–सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन क्यानले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक मेलाको आयोजना गर्दै आएको छ ।
सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरू यस मेलामा सहभागी रहेका छन् । देशको कूल ग्राहस्थ उत्पादनमा यति नै योगदान छ भनेर किटान नभएपनि यो क्षेत्रले अरबौंको भन्सार र राजश्व तिरेर नेपाल सरकारलाई सहयोग पु¥याईरहेको छ ।
प्रकाशित मिति २०७५-१०-१५
फेसबुकबाट तपाईको प्रतिक्रिया