विपन्नका नाममा पहुँचवाला नेता-सांसदलाई १ करोड ३२ लाख

काठमाडौं–१६ श्रावण

सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ ।

तत्कालिन गृहमन्त्री शत्तिःबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको हो ।

आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन् । संवैधानिक निकायमा व्यक्तिहरुले पनि आर्थिक सहायता पाएका छन् ।

निर्वाचन आयुक्त इला शर्मालाई तीन लाख दिइएको छ । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भझ्राई, एमाले नेता सोमनाथ अधिकारी, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर हाशी र पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई पाँच/पाँच लाख रुपैयाँ दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया