विमाको रकम लिन पसलमा आगो

पोखरा, फागुन २६ । विमाबाट रकम असुल्ने गलत मनसायले पोखराका शर्माले आफ्नै पसलमा आगो लगाएका छन् ।
पोखरा–८ न्युरोडमा शर्मा आइटी हब नामको पसल गत पुसमा मात्र सञ्चालन गरिएको हो । माघ महिनामा आएर सञ्चालकले १ करोड बराबरको बीमा गरेका थिए ।

शर्मा आइटी हबका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । त्यसपछि नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट पसल नष्ट भएपछि सञ्चालक क्षतिपूर्तिको माग गर्दै बीमा कम्पनीमा बीमा रकम दाबी गरेका थिए । यसक्रममा अनुसन्धान हुँदै जाँदा उनले गलत मनसायले पसलमा सञ्चालक आफैले आगो लगाएको खुलेको छ ।
गत पुसमा मात्र सञ्चालन आएको पसल माघ महिनामा बिमा गरिएको थियो भने फागुनमा आगो लगाइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया