विशेष आर्थिक क्षेत्रसम्बन्धी नियमावलीमा दोस्रो संशोधन

काठमाडौं, १९ फागुन, २०८१ । सरकारले विशेष आर्थिक क्षेत्र नियमावली (सेज) मा देस्रो पटक संशोधन गरेको छ । मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो ।
दोस्रो पटक गरिएको सेज नियमावली संशोधनमा खासै त्यस्तो परिवर्तन भने गरेको छैन । राजपत्रमा प्रकाशित सूचना अनुसार नियमावलीले जम्मा पाँच वटा संशोधन गरेको छ ।

यसमध्येबाट सार्वजनिक–निजी साझेदारी अन्तर्गत आयोजना विकास लगानी समेतमा गर्न तोकिएको विकल्पहरूमा मनसायपत्र आह्वान गएकोमा आवेदन दिएका कम्पनीको प्रस्तावमध्ये प्रतिस्पर्धाका आधारमा उपयुक्त प्रस्ताव छनोट गर्न ४५ दिनको म्याद दिनुपर्ने व्यवस्था रहेकोमा दोस्रो संसोधनबाट १५ दिन घटाएर यसलाई ३० दिन बनाइएको छ ।
सरकारी जग्गामा निजी क्षेत्रले पूर्वाधार विकास गर्ने, सरकार र निजी क्षेत्रमा संयुक्त रूपमा लगानी गर्ने, सरकारले स्थापना गरेको सेजलाई निजी क्षेत्रलाई सञ्चालन वा व्यवस्थापन गर्न दिने विकल्प जस्ता विषयहरु दोस्रो संशोधनमा समेटिएका छन् ।
त्यसैगरी निजी क्षेत्रका कम्पनीबाट प्राप्त प्रस्तावलाई छनोट समितिले मूल्याङ्कन गरी सिफारिस गर्ने समयावधि ३० दिनबाट घटाएर १५ दिन बनाइएको छ । सिफारिस गर्दा प्राथमिकता अनुसार वैकल्पिक प्रस्तावको रूपमा समेत सिफारिस गर्नुपर्ने व्यवस्था यो संशोधनबाट गरिएको छ ।

यसअघि एकद्वार प्रणालीबाट उद्योग दर्ता हुन अनिवार्य रहेकोमा अब सम्बन्धित निकायमा दर्ता भएका जुनसुकै कम्पनीले पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको यो शंसोधनले गरेको छ ।

यसअघि उद्योग दर्ता भएको १५ दिनभित्र उद्योग स्थापना र सञ्चालनका लागि सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा यसपटक भने यो व्यवस्थालाई अटाइएको छ । यस्तो खालको व्यवस्थालाई झन्झटिलो भन्दै हटाइएको हो । प्रारम्भिक सम्झौता भएको १२० दिनभित्र कम्पनी दर्ता वा अन्य स्वीकृति प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेकाले पनि यसलाई हटाउनु नै उचित देखिएको कुरा सेजका कार्यकारी निर्देशकले जानकारी गराए ।

यसअघिको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेशमा सेज अन्तर्गत स्थापित उद्योगले न्यूनतम ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई संशोधनमार्फत् न्यूनतम ३० प्रतिशतमा झारिएको थियो । यो व्यवस्थापछि सेजमा उद्योगप्रतिको आकर्षण बढेको सेजको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया