विश्व व्यथाभित्र सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
नेपाली साहित्यमा क्रान्ति शब्दको पहिलो उद्भव गरी क्रान्तिको बीउ छर्ने युगकवि सिद्धिचरण श्रेष्ठ एक बहु आयामिक व्यक्तित्व र काव्य जगतका सिद्धिपुरुष हुन् । नेपालभाषा र नेपाली भाषामा असंख्य आफ्नो काव्यधारा सृजना गरी विभिन्न कालखण्डमा प्रेरणा दिने प्रर्वतक एवं युग संवाहकका सारथी हुन् । त्यसैले सर्वमान्य नेता गणेशमानलाई गणेशमान बनाउने र शहीद गंगालाललाई राजनीतिमा प्रवेश गराउने प्रेरणाका स्रोत नेपाली वाङमय क्षितिजका उज्ज्वल नक्षत्र सिद्धिहस्ती युगकवि सिद्धिचरण श्रेष्ठलाई हामी नेपालीले कहिल्यै पनि बिर्सन सक्दैनौं ।
चार वर्षको छोरा विश्वको निधन भएको कारणबाट युगकविको हृदयमा चलेको लाखौ ज्वारभाटले “विश्व व्यथा” कविताको जन्म भएको हो । यो विश्व व्यथा कविता आपैmमा पीडादायक कविता हो । वि.सं. १९६६ साल भाद्र महिनादेखि शारदा पत्रिकामा विभिन्न अंकमा छापिएकोमा पछिल्लो अंक छापिंदा शारदा पत्रिका निरञ्कुश राणा शासकले जफत गरिएको थियो । यसका अरु अंशहरू वि.सं. १९९७ साल कार्तिक २ गते युगकवि सिद्धिचरण श्रेष्ठलाई गिरफतार गरी घरमा खानतलासी गर्दा विश्व व्यथाका अधिकांश अंशहरू समेत जफत गरी वि.सं. १९९७ साल कार्तिक ५ गतेका दिन पुतली बगैँचाको विद्यालयको कौशीमा बयानका लागि बोलाउँदा “आज नखाऔं नसुतौ आओ सब मिलि हडताल मचाऔं, कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं ।” भनेको के हो ? फ्रान्समा जस्तै क्रान्ति रिभोल्यूशन गर्न चाहेको होला होइन ? यो सरकार भएन अर्को सरकार चाहियो भनेको हैन र ? भन्ने प्रश्नले ३ महिना पछि युगकवि सिद्धिचरण श्रेष्ठ क्रान्तिकारी कवि र शारदाको सम्पादक भएको ठहरी गर्दा १८ वर्ष कैद हुने पैmसला भएबाट पनि यो विश्व व्यथा कविताको विशेष महत्व छ ।
नेपाली कवितामा प्राकृतिक भूगोलको पहिलो शंखमाद गर्ने त्रिवेणका एक नदी युगकवि सिद्धिचरण श्रेष्ठले जहानिया तानाशाही राणा शासन विरुद्ध संघर्ष गर्न प्रस्तुत कविताको माध्यमबाट सम्पूर्ण नेपालीहरूलाई आह्वान गरिएको हो र्।
भनिन्छ, स्वर्ग र नर्क मृत्युपर्यन्त आत्मा बस्ने घर हो । त्यो घरभित्र जिउँदो मान्छे बस्न नपाउँदोरहेछ । यो प्रकृतिको नियम हो । यो नियमभित्र समय अनुसार चल्नु पर्नेरहेछ । न दायाँ न बायाँ त्यहाँ त अनुशासित भएर आफ्नो कर्मको फल बुझाउने ठाउँ हो । जस्तो रोज्यो त्यस्तै फल टिपी खाने चौतारीको बास हो ।
विश्वले आज कहिल्यैे पनि आँखा नखोल्ने गरी निदाएको छ । विश्वले आज कसैसँग पनि नबोल्ने कसम खाएको छ । त्यसैले अब भुलेर पनि विश्व हामीसँग कहिले बस्न आउँदैन । विश्व सानै भए पनि छुट्टै घरजम गरि बस्नका लागि यो धर्ती भन्दा पर कसैले देख्नै नसकिने ठाउँमा गई बसोबास गरिसकेको छ । के थाहा मेरो सर्वस्वलाई त्यहि रमाईलो भएर हो की नत्र किन ऊ आफ्नो घर फर्कन चाहन्दैन ? माया र ममतालाइ चट्टकै बिर्सेर या अभाग्यीलाई केवल रुवाउँन खोजेको त होइन् ?
हो, विश्व चर्म चक्षुले कहिल्यै पनि नदेख्ने गरी बिलाएको छ । बिलाउँनु उसको भाग्य हो । बिलाउँनु परिवारको दुर्भाग्य हो । अलिकता पुण्य पाए पनि त्यो पुण्य आज क्षय क्षय भैसकेको छ । माटोमा बिलाएर जलसँगै कहाँ कहाँ कता कता बगेर गईसकेको छ । बरदान पाएर के भो ? दैवले आज चुडेर लगिसकेको छ । सम्झनै सम्झनामा अब सम्झेर बस्नु बाहेक बिकल्प अरु के हुन सक्छ र ? तिमी सर्वस्व थियौं । आज मेरो सर्वस्व गुमिसकेको छ । म भिखारी भएर ईश्वरलाई भिख माग्दा आ–आफ्नो भाग्यको कुरा भनी आकाशवाणी ग¥यौ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ विश्व व्यथाले च्यापेर सन्ध्याले रात खोजे जस्तै यता–उता भौतारिन्दैछ ।
अब भुलिकन पनि बोल्दैन कहीं, कोहीसित मेरो विश्व,
चर्म–चक्षुले देखिन्न कहीं, अब त्यो मेरो सर्वस्व ।
अघिको अलिकति पुण्य भएर पाएको त्यो वरदान
क्षय भो पुण्य र आज बिलायो–जीवन मरुमा जल प्राण ।
विश्व त्यो समुन्द्र पारी गैसकेको छ । आँखाले देख्न नसक्ने गरी कता कता हराई सकेको छ । जति रोइ कराई आँशुको अर्घ चढाए पनि, जति हूँ हूँ गरी शंख बजाए पनि अब विश्व त्यो समुन्द्रबाट बारी आउने छैन । अब सपनामा मात्र विश्व आउन सक्छ । अब कल्पनामा मात्र विश्व हाँस्न सक्छ । त्यो हिसी परेको हँसिलो मुहार अनि हलुकापन रसमय चकचक उसको स्वभाव अब सदाका लागि अतीत बनिसकेको छ । इतिहासको मात्र बनेर हिजो भित्र विश्व रमाईरहेछ । त्यसैले फलामको त्यो कोठाभित्र बिचरा के के गर्दो हो ? लाग्छ सारा ठाउँमा खोल्नै नसकीने ताला ईश्वरले लगाई सकेको छ ।
जति आँशुको अर्घ चढाऊँ, जति हूँ हूँ शंख बजाऊँ,
भेटिन्न कहीं विश्व मलाई, लाख रुँदै सिन्धु बगाऊँ ।
त्यो हिसि, त्यो मुख, त्यो हलुकापन, त्यो रसमय चकचक चाला,
सारामा अब लाग्यो बेसरि खोल्न नसकिने दृढ ताला ।
मृत्यु दुःखदायी कुरा हो । सारा परिवारलाई चारैतिरबाट दुर्दिन आएर होला उजाड मरुभूमि जस्तो पानीको हाहाकार मच्चिएको छ । डुब्ने मान्छेलाई त्यान्द्रोको सहारा भने भैंm भगवान् भरोसामा यो जिन्दगी चलिरहेको छ । त्यसैले चारैतिर उजाड भएर यो मन छिया छिया भएको बेला दिन–दीन बनेर सताउँन खोज्दैछन् । आखीर एउटा मन न हो । मन टुटेपछि बाँध भत्किएर बगेको पानी जस्तै चिन्तै चिन्ताले तन सुकेर ओइलिन कति बेर लाग्छ र ? आज करिबर सोच्दैछन् । यो कस्तो दुर्दिन आयो । जुन कुरा मैले सोचेको पनि थिएन् । मेरो विश्व, यो विश्व मै हराएर होला मेरो शरीरमा रोगै रोगले ग्रस्त भएर बेहोसी पार्न खोज्दैछन् । त्यसैले तन्द्रामा झुमिई झुमिई गुनगुनाई रहेको बेला साँझ परिसकेको थियो । रातको प्रतिक्षामा आजको दिन त्यस्तै बितेर समय खेर गई सकेको थियो । काम भएर के भो ? अब त हिजो मैले केही गर्न सकिएन भनी केवल विलापमा मात्र रुनु बाँकी छु ।
आज कविवर यसरी साच्दैछन् । विश्व व्यथाले तन्द्रामा झुमिई झुमिई गुन–गुनाई रहेका छन् । यो कथा नाबालक कोपिलाको हो । यो कथा आँधीबेरी चलेको व्यथा हो । मात्र वारी र पारी बीचमा गंगाले छुट्याईएको युगकवि सिद्धिचरण श्रेष्ठका आफ्नै प्राणप्रिय विश्व कतै हराएको कथा हो ।
विश्व बित्यो अब, दुर्दिन आयो, चारैतिर पारि उजाड,
बाँकि छ यौटै मनको तन्द्रा–त्यो परिचित भैंm भंmकार ।
त्यहि तन्द्रामा झुमिई–झुमिई, गाएको यो विश्व–व्यथा,
साँचेको छु यसरी लेखी, यै हो यसको पूर्ण कथा ,
माया, ममता र लालप्यारले बलियोसँग बाधेको डोरीको गाँठो एकैछिनमा के भो कुन्नी त्यो निष्ठुरी दैवले फुकाएर लगे जस्तो छ । कलिलो लाम्चो त्यो हँसिलो मुहार सधैं सुरिलो गीतमा यो संसारमा कसरी हिँड्ने भनी संघै सिकिरहन्थ्यो । विश्व बामे सर्दैछ । सुकुमार, सरल र स्वच्छ हृदयमा कतै चोट लाग्ला कि भनेर चौबिसै घण्टा हरदम आमा बाबु पहरा दिँदैछ । स्वप्निल जगको जून चढेको बेला त्यो सुन्दर उपहारलाई बाटो भरी आँखा ओछ्याईरहन्थ्यो । छैन आज के भो कुनी त्यो उज्यालो विश्व कतै अध्यारोतिर लाग्यो कि ? वायुवेगले उडेर कतै गगनभित्र प¥यो कि ? हे ईश्वर ! उधारी देखा मलाई आज मेरो विश्व कहाँ छ ? भोक प्यासमै अहिलेसम्म मेरो बच्चालाई तिमीले के खुवाईयो ?
तिमी यस्तो निष्ठुरी होला भनी मैले सोचेको पनि थिएन् । तिमी त आत्मालाई रक्षा गर्ने परमात्मा हौ । दीन दुःखीहरूको चित्कारलाई निमूल पार्ने औषधी हौ । देख्नै नसक्ने अलौकित शक्ति हौ । निराकार निरञ्जनको प्रतीक हौ । तैपनि किन आज उग्ररूप लिएर तिमीले मेरो छोराको प्राण लियौँ । किन मेरो बिरुद्ध साजित ग¥यौ । म भिख माग्छु प्रभू मेरो छोरालाई प्राणदान दिएर बचाई देऊ । मेरो सुन्दर हारलाई लुकाएर तिमीले कता राख्यौ ?
मैले मोह र ममताहरूको बाँधेको बलियो गाँठो
फुस्कायो कुन दैव निठुरले, छाडी एक झझल्को !–
लोचन लाम्चो, वदन हँसीलो, शुचि, कोमल, कान्त, कलीलो
मेरो बाबा, मेरो राजा, घरभरिको गीत सुरीलो ।
सुकुमार, सरल, कान्त, उज्यालो, स्वच्छ हृदयको सिंगार,
स्वप्निल जगको जून चढेको, सुन्दरतम मेरो हार ।—
छैन कता गो ? विश्व उज्यालो, हे गजछत्री उच्च गगन !
लौन उधारी देखा, तेरो पारि कहाँ विश्व विमोहन ?
मन उकुस मुकुस भै रहेको छ । मेरो राजाले अंकमाल गर्न आउँलाकी भनी अभैंm पनि यो आँखाले खोजिरहेछ । पीडै पीडाले जीवन पोखिएको बेला जादुगरले जस्तै झिमिक्क आँखा गर्न नपाउँदै मेरो बाबा तय्जु भनी अंंकमाल गर्न आएहुन्थ्यो । लौ मैले त आँखा चिम्लेर बसीसके जहाँबाट भए पनि मेरो राजा फर्केर आईदेऊ । लौ करले बाधें छाम्दिन कहीं मेरो बाबा तिमी रोएर भए पनि मेरो अगाडी बसिदेऊ । सत्य सत्य म चल्दिन फिटिक्कै तर तिमी आएर मेरो काखमा बसिदेऊ । सासै लिन बरु म टक्कैं अड्छु अनुनय मेरो सुनिदेऊ ? हे ईश्वर ! म तिम्रो भिखारी हुँ । लाखै लाख भिख मागेको कुरा सुनिदेऊ । हे ईश्वर ! म तिम्रै उपासक हुँ, लाखै लाख मेरो पुकार पु¥याईदेऊ । अब त म सहेर बस्छु । अब त म रोएर बस्छु । सहनु र रुनु मेरो भाग्य रहेछ । चाहे अग्नीले मलाई किन भष्म नपारुन् मेरो विश्वको कथा सबैलाई सुनाईरहन्छु ।
फक्र्यो फक्र्यो मेरो विश्व फर्केर कहिले आउँने हो ? आयो आयो मेरो विश्व आएर कहाँ बस्ने हो ? थाहा छैन केवल तर्कनै तर्कनाले म जिलिरहेछु । के भो र मलाई मेरो आत्माले कहिले शान्ति पाउँछ ? न भोक लाग्छ न प्यास लाग्छ अन्जानमै मलाई पीडै पीडा भो ! त्यसैले म हारिसकेको छु । ओरालो लागी तल झरिसकेको छु । जताततै पहिरै पहिरोले खुट्टा टेक्ने ठाउँ नभएपछि पहिरोमै पुरेर अब दल दलमै म मर्न चाहन्छु ।
मेरो भाग्य धिक्कार छ । जीवनमै रित्तो भएर बाँच्नु परेपछि टुटे फुटेको यो मेरो भाग्य कुन जुनीमा सिउँने हो । सिउँदा सिउँदै थोत्रो भईकसे अब कहाँ पो सिउन बाँकी छ ?
अंकमालका भोका कर यो खोज्दैछन् अझ उसलाई,
घनीभूत यो पीडा फोरोस् मेरो, तायजु गरि आई ।
लौ ला चिम्लें, हेर्दिन हेर्दिन, फक्र्यो के मेरो राजा ?
लौ कर बाधे छाम्दिन कहीं, फक्र्यो के मेरो बाबा ?
चल्दिन बरु लौ, हेर फिटिक्कै, आयो के मेरो छोरा ?
श्वास पनि लिन्न टक्क म अड्छु, गर्छु अरु लाख निहोरा ।
शीतल पवनको झोकासँगै मनमोहक भएर बा , बा भन्दै कराई डगुरेर अंगालो हाल्नु बालकको स्वभाव हो । असजिलो भएको बेला आमा बाबुको काख खोज्नु उसको न्याय हो । त्यसैले उसको कोमल गालाको स्पर्शले मेरो निरस अनि बिरसिलो शरीरमा चेतनाको घाम लागे जस्तो मन मस्तिष्कमा समेत लाखै पूmलहरू फुल्न खोज्दैछ । तर मेरो प्राणप्रिय तिमी किन छुनुमुनु छुनुमुनु गर्दै दगुरेर मलाई पछाडी पारी खै कता पुगेछौं ? भेटिनै सकिएन मैले तिमी यति धेरै छिटो डगुर्छौ भनी सोचेको पनि थिएन् । सुरपुरतिर नै डगु¥यो कि क्या हो बिन्ती हेर न विधिको त्यो बुझ्नै नसक्ने कस्तो चाल थियो ? बरु प्राण दिनु परे पनि म दिन तयार छु ,विना अनाहकमा किन शोक ग¥यौ ?
शीतल झोंका साथ लिएको पयर उचालीकन आई,
‘बा, बा,’ भन्दै खोज्छ अँगालो मेरो प्रिय विश्व कराई,
मृदु करले अब गाला छोयो, छोयो मेरो शुष्क वदन,
चतन पायो यो जड तनले एकदम खिल्यो लाख सुमन ।
तर छुनुमुनु गरि चाँडै दगु¥यो दगुरिरह्यो–मेरो प्राण,
भेटिन्न कहीं दगु¥यो, दगु¥यो, मेरो त्यो विश्व महान ।
सुरपुरतिर नै दगु¥यो, लौन नि, विधि–पाले विन्ति नरोक
भट म दिउँला बरु यो प्राणै दिन्छौ नाहक किन शोक ?
उप्m, मान्छे यतिसम्म निष्ठुरी होला भनी सोचेको थिएन् । त्यो पाले दाई जसले मलाई घोक्राएर टाढासम्म पछारिदियो । म बज्रेर होला मेरो शरीरमा घाऊ र चोटपटक लागेको छ । औषधी विना आज मैले समयको मलम लगाएर होला मलाई के थाहा, पछि पो थाहा पाइयो काँढाले पनि बिझेको रहेछ । खील निकाल्न नसकेर पीडा पो हुन थालेछ । चारैतिर अध्यारो भई अन्धकारले राज लिएपछि आखीर आँखा न हो अन्धकारमा आँखाको औचित्य के पो हुन सक्छ र ?
सुनिन्छ, यो संसारमा काटमार सबै अन्धकारमा हुने गरिन्छ । डर त्रासको जगजगी अध्यारोलाई मन पर्दोरहेछ । रोइ–कराई चिच्चाएर मात्र अब के हुन सक्छ र ? चिन्तै चिन्ताले मुटु टोकेपछि रुनु र कराउनु नै मन पर्दोरहेछ ।
के के पीडा आएर होला अनगिन्ती भैंm आज मेरो मुटुमा डोरीले बाँध्न खोज्दैछ । पीडै पीडा अथाह भएर आँखामा आँशु पो आउँन थालेछ । लुकाउनु पर्छ यो आँशु कतै लुकेर बसिदेऊ न । छुपाउनु पर्छ यो घाऊ बरु छोपेर कतै बसुँ न । भन्छन् मान्छे सान्त्वना दिई रोएर के गर्नु र ? ईश्वरको लीला नै यस्तो सोचेर बस्नु जाती है । लाग्यो मलाई यस्तै यस्तै कालजीवि प्राणीको दुःख, कष्ट, व्यथा सबै हरण किन नभएको ?
उफ, कति निष्ठुर तर त्यो पाले, घोक्रयाई दूर पछा¥यो
वास्तवमा बज्रें, बिंभेंm, चौतर्फी घोर अँध्यारो ।
रोदन, क्रन्दन, चित्कार चल्यो, चिन्ताले रहि रहि टोक्यो
के के पीडा आई आई, कसिएको मुटु यो बाँध्यो ।
दृगको आँसू दृगमै राखी, सब भित्री, घाउ छिपाई,
भन्दछ—“भो भो काजि, नरोउ” तर आपूm भरसक रोई ।
भगवान् तिम्रो लीला अपरम्पार छ । कसैलाई बढी भएर पीर छ । कसैलाई पाउँदै नपाएर पीर छ । त्यसैले यो लीला भित्र को कहाँ छ कसरी थाहा पाउन सकिन्छ ? एकैछिन पछि के हुन्छ कसले बुझेको छ र ? यो संसार शून्य छ । शून्य शून्यमा प्राणीहरू पनि शून्य हुुनपर्नेरहेछ । पाउनु नासिनु हो । नासिनु पाउँनु रहेछ । यो कस्तो बिचित्रको नियम हो । बिचित्रभित्र प्राणीहरूको चित्र छ । चित्रभित्र कर्मको फल फुल्दोरहेछ । सत्य म यो कुरा बुझ्न सकिएन । यति चाँडै जानु नै छौं भने किन आयौ हे छोरा ? रुवाउँनका लागि मात्र तिम्रो जन्म यो कस्तो विडम्बना ? बिर्सनु पर्ने पाठ तिमीले किन मलाई पढायौ ? के सकिएला र यो जुनीभर तिम्रो मुहार बिर्सन ?
यति चाँडै नै फर्कनलाई तिमी आएको किन बाबा ?
छोरो मेरो रुनलाई नै तिमीलाई पाएँ राजा ।
बिर्सनुपर्ने पाठ पढाई, विश्व तिमी दूर बिलायौ
के सकिएला बिर्सन कहिल्यै यस जुनिमा जो तिमी आयौ ?
दुर्घटना समय परिस्थितिले गराउँने खेल हो । दुर्घटना भाग्य विधाताले रचेको घटना हो । त्यसैले पलभरमा दुर्घटना हुन सक्छ । दुर्घटना नमिठो खबर हो । नमिठो आपैm प्राणीहरूलाई मन नपर्ने चीज हो । लामू पुच्छर भएर के भो ? आँशुको कथा यो धर्तीबाट कुन दिन सक्ने हो ? के थाहा आँशु मान्छेको पहिचान हो । पहिचान रहेसम्म आँशु कसरी मान्छेबाट अगल हुन सक्छ ? त्यसैले यो संसारमा मान्छे रहेसम्म आँशुको कथा जीवितै रहनेछ ।
कोहि भन्छन् ईन्द्रणी सपनाको जग हो । कोहि भन्छन् ईन्द्रेणी बिपनाको मधु हो । यो त क्षितिज भन्दा पारी पनि धेरै मान्छेहरू बसोबास गर्ने थलो हो । हामीलाई दुविधा होइन् सुविधाको आवश्यकता छ । हामीलाई भ्रम होइन् कटुट सत्यताको आवश्यकता छ ।
यो दुर्घटना पलभरमै भो तर लामू पुच्छर यसको,
आँसू र व्यथा टुंगिन्छ कहाँ, सीमा कुन्नि कुन दिन हो !
भन्छन् दुनियाँ सपना सारा, जग यो रैन बसेरा,
यो हो कि भनी सपना मात्रै पर्दा दुविधा कति फेरा—
सपना के हो बिपना के हो पीडै पीडामा दुबै एकनाश हो । सपनामा पनि छुट्याउँन खोज्दा सक्दै सक्दिन किन हाय् बिपना । हेर्छु, यो देह कति पुरानो छ । कतै भत्किएर पो जाने होइन ? चिमोटेर हेर्दा पनि पीडा नहुने हाय् कतै यो सपना पो होइन ? कटु सत्य हो, कतै तितो पनि हुन सक्छ । आगो नै पिएर कोहि बाँच्न सक्छ । सत्य –सत्य महासत्य अन्त्यमा आखीर शून्य रहेछ । त्यसैले शून्य आपैmमा जन्म र मृत्यु हो । शून्य आपैmमा आगो र धूँवा हो । कहिले माटो बनेर हाँस्छ । कहिले खरानी बनेर रुन्छ । यो त संसारको नियम हो । कहिले उलंघन नहुने, कहिले परिवर्तन गर्न नसक्ने यो त अतुत रूपमा चल्ने प्रक्रिया रहेछ । त्यसैले आफ्नै दुःखले दिन प्रतिदिन मुटुलाई छिया छिया पारेर निष्ठुरी तरिकाबाट सुईरोले क्रमशः प्वाल पारिरहेको छ । धमिराले काठ खाएर मकाईदिए जस्तो यो दुःख र व्यथाले त मान्छेको मुटु खान्दोरहेछ ।
विश्व, तिमीलाई मैले बोलाउँला मेरै ध्वनीले मलाई गिज्याउँन खोज्छ । मेरो राजा मेरो बाबा भन्न खोज्दा मलाई सबैले पागल भन्छ । त्यसैले म पागल बनी पग्लिसकेको छु । नुनले होला म गलिसकेको छु । दिन र रात केवल तर्कनै तर्कनाले अब त म मरिसकेको छु ।
हेरें आफ्नै देह चिमोटी पीडा पनि नहूँदा उस्तो,
सपना नै हो भनि ठहराई बिंझन खोजें अघि जस्तो ।
जाग्रत मैले तर के बिंभूmँ कटु वास्तवता सामु खडा,
दिनहूँ मैले पाइरहेछु यस्तै निष्ठुर मार कडा,
ए विश्व, यता आऊ, आऊ, ए मेरो बाबा, राजा,
भन्दै डाक्तछु तर ध्वनि केवल आइ गिज्याउँछ हा हा !
विश्व रातको समयमा जुनसँग खेल्दै आनन्दले रमाइरहेको थियो । तर म कोठाभित्र विश्वसँगै अंकमाल गरेर सुतिरहेका थिएँ । कोमल त्यो उसको हातले मेरो ओठमा छोई आश्चर्य मान्दै सोध्न थाले बा यो रात कसरी बन्दोरहेछ ? यो घाम कसरी लाग्दोरहेछ ? उदेक लाग्दो त्यो रातलाई कसले पो यो धर्तीमा पठाउँनेरहेछ ? लाग्छ, मेरो बालकले यो प्रश्न किन सोधियो ? यो त एउटा आध्यामिक चिन्तकले सोध्ने प्रश्न हो । आँशु र हाँसोको संगम हो । दिन दैवी शक्तिको आराधना हो । रात दैत्यहरूको दिन हो । घाम, संसारलाई उज्यालो पारी सुकिलो बनाउने सुनौला किरण हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठ आफ्नो छोरालाई प्रेमपूर्वक सम्झाउँदै रात र दिन दाजु र बहिनी हो । कहिले नटुट्ने कहिले नचुडने यो धर्ती रहेसम्म युगै युगसम्मको लागि रगतको सम्बन्ध हो । त्यसैले सिउरीको पूmल, ताराहरूको रात कहि खेलिरहँदा वरिपरि वन र चऊरमा तानेर ल्याएको पनि भन्ने गरिन्छ ।
हो, रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित
कोठाभित्र म पल्टिरहेथें हालि अंगालो विश्वसित,
कोमल करले मेरो ओठ छोई भन्यो विस्मित उसले
“किन रात प¥यो ? किन घाम गयो ? बा, रात पठायो कसले ?
सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी,
दाजूचाहिं दिन हो राजा, हुन् बहिनी रात मजाकी,
सिउरी पूmल ताराहरूको रात कहीं खेली रहँदा
मानिसहरू गै तानी ल्याए वरपर घर वन र चउरमा”
विश्व छक्क परेर होला मलाई सोध्न थाले । तपाईले पनि तानेर ल्याउनु भा को हो र ? म मात्र होइन् छोरा तिमीले पनि सँगै तानेर ल्याएको हो नी ! ऊ सोच्छ र भन्छ मैले हात समाएँ । अनि दिन डगुरेर हाम्रो आँगनमा आयो । रीसले सुक्यो होला हाम्रो पूmल हाम्रै बारीमा ? होइन, यो कहाँ हुन सक्छ र ? दिनले त हाम्रो जीवनमा उद्धार गर्छ । रविको उज्यालोले मानव जीवनमा समृद्धि ल्याउँछ । त्यसैले छोरा दिन राम्रो हो । दीन नराम्रो हो । यो राम्रो र नराम्रो भित्र समयको पावन्डीले पूmल कोपिलामै झर्न सक्छ । हाँस्न नपाई आफन्तहरूलाई रुवाउन सक्छ । रुनु र हाँस्नु, हाँस्नु र रुनु दिन र रात जस्तै हो ।
झन विस्मित भइ सोध्यो उसले “बाले पनि तान्नुभएको ?
“हो, बा मैले पनि तिमीले पनि” मैले उत्तर झट्ट दिएँ
विश्व विमोहन सोची भन्दछ “हगि, मैले हात समाएँ,”
“अनि दिन आयो दगुरी तिमी दगुरे भैm आँगनमा”
“के, अनि दिनले पूmल सुकायो रिसले हाम्रो बारीमा ?”
जीवन संकल्पै संकल्पहरूको नदी हो । जीवन संकल्पै संकल्पबाट रुझेको एउटा चुनेरी हो । वर्षादका बेला मान्छेको मन भिजिरहेको हुन्छ । वसन्तको बेला हरियाली भई वागभित्र पूmल फ्mुलिरहेको हुन्छ । त्यसैले जीवन, जन्म र मृत्युको दोभान हो । आगो र पानीको संगम हो । घाम र छायाँको अस्तित्व हो । समग्रमा यो धर्तीको उपज हो ।
घाम र पानी जीवनको सार हो । घाम विना न पानी पर्न सक्छ । पानी विना जीवनको न कल्पनानै गर्न सकिन्छ । त्यसैले घाम सत्य हो । सत्य आगो हो । त्यो विशाल वृक्ष भित्र घाम पनि छ, वृष्टि पनि छ । कालखण्डको इतिहासमा हिजो अतिवृष्टि भएर धेरैको जीवन भिजेको छ । प्रचण्डगर्मीले होला धेरै मानिसहरूको जीवन सुकेको छ । त्यसैले जीवन सुक्नु र भिज्नु हो । कहिले काहिँ मरूभूमिको बालुवा जस्तो उजाड बन्नु पनि हो ।
संकल्पहरूबाट रूझेको जीवन हो यौटा चुनरी
जन्ममृत्युले दुइ छेउ लिई छन् सुकाइरहेका उभिई
सत्य घाम हो वृक्ष छ विश्व आकांक्षा नै वृष्टि यहाँ
सुक्छ कसैको जीवन चुनरी रुज्छ कसैको झन् बढता
आकांक्षै आकांक्षाले रुझेर होला यो जीवन चिसो छ । मनको इच्छा पूरा नभएर होला मुटुमै हिउँ जमिएको छ । भनिन्छ, यो छाती भित्र आगो बलेको बेला यो प्राण सुख्खा हुनु स्वभाविक हो । आगोको रापले होला हिउँ पग्लेर सुख्खा पार्नु उसको धर्म हो । त्यसैले आँधीबेरी चलेको बेला जहाजले गतब्य कहाँ खोज्न सकिन्छ र ? हावा हुरी लागेको बेला मान्छे ओत लागेर बस्न नसके विश्वलाई उडाए जस्तै अरु बिकल्प के हुन सक्छ र ? त्यसैले माया माया हो । माया धेरै गर्नु पनि दुःखको सागरमा डुब्नु हो ।
जीवन छायाँ हो । जीवन समुन्द्रको भूमरीमा परेपछि मुख खोलिरहेको अजिङ्गरको आहारा हो । त्यसैले हामी सोचर हिँड्दा हिँड्दै पनि अचानक के के आइपर्न सक्छ । ढुङ्गा र माटोको यो भरथेकमा मेल नभएमा भूकम्प आई सबै चकनाचुर भई भत्किन सक्छ ।
आकांक्षाले रुझिरहेको यो चीसो जीवन मेरो
शुष्क प्राण औ उरको आगो पाइ सहारा साफ सुक्यो ।
अनि विश्व व्यथा आँधी आई आज उडयो यो अति माथि
जन्म मृत्यु उभिएका उभियै टोलाइरहे मुख बाई
जीवनबाट हारेर होला युगकवि रुन्नुलाई जीवनको सार ठान्दछ । नित्यलाई पन्छाएर होला आँशुको तातो धारमा ऊ सधैँ उभिन खोज्दैछ । आखीर समय न हो । समयले मान्छेलाई कहाँ कहाँ पु¥याउँदो रहेछ । थाहा छैन, यो सम्झनै नभएको अनि बिर्सिसकेको कुरालाई आज फेरी दोहो¥याएर समयको सतहमा ल्याउन खोज्दैछ । भो अब नकोत्याउँ पुरानो घाऊ, नुन छर्केर के गर्नु छ । धुँवा र धूलोले होला यो छाती भित्र कालो छ । कहाँ मेट्छ नमेटिने कालो कसले पो सफा गरी दिने हो ?
होला आँशुले मन रुझेको बेला हाँसो कहाँ आउन सक्छ र ? मेघ गर्जेर घनघोर पानी परेको बेला नदीको सतह आपैm उर्लिएर आउँछ । हुरी बतास चलेको बेला आँखा कहाँ खोल्न सकिछ र ? भूकम्पले हल्लाइरहेको बेला मान्छेको चेत हराउँछ । निल्न नपाओस् मेरो विश्वलाई निल्न कहाँ पो दिन्छु र ? चैतन्य मेरो ज्ञान र बोध जलाउँन कहाँ दिन्छु र । मन भित्र बिरह हुँदा व्यथा सलबलाउँन थाल्छ रे । मथोस् हृदय यो कहिले पनि आँशु बगेर पोख्दैछ । हाथ् मलाई के भो के भो जे जे नहुनु पर्ने सबै भो । विश्व व्यथाले आँधीबेरी ल्याउँदा सुकेको पात जस्तै उडेर माथि गो । सुक्नु, सुकाउनु, भिजाउनु यो त प्रकृतिको नियम हो । आगो बाले धूँवा निस्किन्छ । यो त आर्यसत्य जस्तै हो । त्यसैले यहाँ दीन दुःखीहरूका लागि आँशु नै अमूल्य हार हो । सुख सयलमा बस्नेहरूका लागि मोती नै उपहार हो ।
यसकारण कवि, भावुक भन्छन् ‘रुनु नै हो जीवन सार’
रुन्छु म पनि लौ नित्य बहाई आँसुको तातो धार ।
समय सतहमा थिचिंदै मिचिंदै जागी विस्मृतिको प्रेत
निल्न नपाओस् विश्व व्यथाको दाहक मेरो चेत
विरह व्यथाले हृदय मथोस् यो कहिले पनि नअडुन् आँसु
विश्व व्यथाकै आँधी ल्याई म सधैं यसरी माथि रहूँ ।
सत्यले मान्छेलाई पोल्दोरहेछ । दिन भएर के भो एउटा पीडकलाई दिन, दीन बनेर पोलिरहन्छ । त्यसैले दिनले वमन गरेको बेला रविलाई नियालेर हेरिरहन्छ । यो कालो धन लुकाउँन नसकेर मन भौतारिन्दै यताउता डगुरिरहेछन् । कालो असाध्यै कालो हेर्दै डर लाग्दो जङ्गी दाह«ा भएको त्यो भूत, प्रेत र राक्षस जस्तोले मलाई इष्र्या राखेर होला चपाउँन खोज्दैछ । मेरो रगत र मासु स्वादिष्ट मानी सिँगै जीऊ निल्नलाई तयारी गर्दैछ । लौ न बचाऊ बचाऊ गुहार गुहार खैं सुनसान शहरमा म कसलाई गुहार मागूँ । छैन कोहि देखिदैन यहाँ सुनसान मसानघाट जस्तो मध्यरातमा पनि को हिँड्छन् मान्छे यो बाटो ?
पीडित दिनले वमन गरेको रविलाई हेरिरहेछु
कालो घन भैm भड्की भड्की यताउता दौडिरहेछु
काला काला जङ्गी दाह्रा ईष्र्याका तीखा दाहा
निल्न मलाई खोज्छन् यहाँ लौ, लौ लौ हाहा, हाहा,
भनिन्छ, कालो अशुभ हो । अशुभले कसैलाई पनि राम्रो गरिँदैन । त्यसैले कालो कर्म आपैmमा मसानघात हो । मसानघाटमा जीवित मान्छे सुत्न सकिँदैन । यो मृत्युशैया हो । अन्तिम दाहा संस्कारमा शरीरले आगो पिउँने ठाउँ हो । अनन्तसम्म यो धर्तीमा नफर्कने बाटो हो । त्यसैले यो कर्म क्षेत्रलाई के भन्नु यो त जग विनाको व्यर्थ हिँडाई हो । दुःखै दुःखको यो ज्वालाभित्र सुरुङ्गमा पसे भैंm पीडित आत्माको वरदान हो । मनमा चिन्तै चिन्ता पाकेर होला तातोपानी उम्ले भैंm बाफले होला आँखामा आँशु पलाउँन खोज्छन् । पहाडको खोच र काप कापबाट युगांै युगदेखि अविरल बग्दै आइरहेको नदी र नालाहरू कतै पहाड रोएर नयनबाट आँशु झारेको पो होइन र ?
जग कर्म क्षेत्र व्यर्थै भन्छौ यो कालो कर्म मसान,
दुखज्वालामा होमिंदै जान जीवितलाई वरदान ।
पाकी पाकी मनको चिन्ता ताप उठेको आँसु बनी
विश्व कापमा युग युगदेखि बहँदैछ यहाँ नयन नदी,
आजकल दैत्यहरू खेती गर्न लायक मैदानमा बस्ती बसाल्दैछन् । पर्वतहरू नदी र नाला बगाएर आँशुका धारा पोखिरहेका छन् । यो एकान्त उदास बगरमा अविरल वग्ने नदी नालाहरूलाई छेक्न कोशिस गर्दैछन् । भनिन्छ, रुख र बोट बिरुवाहरू अनि घाँस र पातहरूले सुन्दैमा डरलाग्दो घोर जहरसँग मुकाविला गर्दैछन् । छेस्कोको रूपमा उम्रने त्यो तृष्णाले के थाहा कुन बेला आपूm तरु बन्दैछ । बगरको ढुङ्गामा लेऊ लागे जस्तै कुना काप्चामा पनि प्राणीहरूको बसोवास छ । हामीलाई थाहा छ, आगोले कसरी पोल्दोरहेछ । अनि पानीले कसरी बगाउँदो रहेछ । यो त खुकुरीको चोत अचनोलाई मात्र थाहा छ । खुकुरीदेखि डराएर मन र शरीरमा लागेको घाऊ चोटलाई मुक दर्शक भएर पालिरहेछ ।
मेरो शरीरमा दुईवटा खुकुरीले किन प्रहार गर्छौ ? कहिले विहान त कहिले साँझ । यो विहान र साँझ दुबै खुकुरी हौ । दीन दुःखीहरूका लागि बाँच्न गा¥हो पार्ने दुश्मन हौ । किनकि रातको समयमा मैले नचाहेर पनि मेरो आँखाले विश्राम लिन खोज्छ । सन्ध्याले पनि रविलाई रातमा निदाउँनका लागि विनय गर्छ । मलाई डर छ । साँझ र विहान खुकुरीको चोत अचानोलाई पर्न सक्छ । त्यसैले म बाँच्न चाहन्छु । केहि गर्नका लागि, केवल मर्नु नै छ भने म यो दुश्मनहरूको घेरा तोड्न चाहन्छु । मार मलाई म भाग्दै भाग्दिन, बरु तिमीहरू नै भागेर जाऊ । मेरो रूप मेरो स्वरूप हेर म कालभैरव बन्न सक्छु । नरमुन्डको माला लगाई नाची नाची दैत्यहरूको रगत पिउँन सक्छु ।
ती दैत्य फाँट, रुन्चे पर्वत, ती एकान्त उदास बगर,
अनि ती तरु तृण पत्थर सबले उकलिरहेछन् घोर जहर
साँझ, बेहान, दुइटा खुकुरी आई पर्दछ यो शिरमा
अरू मानिस भैंm ज्यूँदै मर्दै के बाँचिरहूँ भूतलमा ।
भाग सबै जन दूर मबाट, या सब मिलि मार मलाई,
नत्र कुनै दिन भैरव बन्दै नाच्छु म नरमुण्ड लगाई ।
दिन ढल्केर साँझ परे जस्तै यो साँझको आँगनमा दिन क्रमशः पग्लेर पानी पानी बनी सकेको छ । यो मानसपतलमा सधैं एउटै झीरले घोची घोची मेरो विश्व व्यथाको कथा मलाई नै पठाउँन खोज्दैछ । दिनभरी अरुले नबुझ्ने आफ्नै भाषामा गीत गाई साँझ पर्नासाथ चराचुरुङ्गीहरू आफ्नो वासस्थानामा किन लम्किन्छन् ? एकछिन भए पनि मनले बिसाएको पीडा साँझ पर्नासाथ हुलका हुल किन यो छातीमा पस्न खोज्दैछन् ? अनौठो लाग्छ यो मेरो जीवनमा न घाम छ न पानी छ । दिन र रात बित्दै पानी विना यो हरियो दुबो पनि सुक्न थाल्दछन्
हो यो आँखाले के के हेर्नु पर्ने हो , कसलाई के थाहा हुन्छ र ? यो कानले पनि के के सुन्नु पर्ने हो , कसलाई के थाहा हुन्छ र ? आज बाँचे भोलि मर्नु छ । दुई दिनको जीवन हो । मरे पछि कहाँ कहाँ कता कता पुग्ने हो ! विश्वले मलाई हेरिरहेछ, म कसरी हेर्न सक्छु ? विश्वले मलाई बा भन्छ म कसरी सुन्न सकुँ । ऊ त महान् भो, बाँचुजेलसम्म पापकर्म कहिले गरेन् । स्वच्छ हृदय लिई ईश्वरको रूपमा बास भो । हाय् मलाई के भो के भो सपना हो कि विपना हो । जीवनमा पिल्सिदै पिल्सिदै पीठो जस्तो मसिनो भो । हातमुख जोड्ने भान्छाकोठामा धूँवा उड्दा आँखा पीरो भएर खोल्न सकिएन । भौंप्वालहरू पनि लाजमानी मानी त्यो कालो धूँवा ओकल्दै छन् । दूधबाट मोही बनाए भैंm मन्थन मन्थनले श्रमजीवि जीवनमा नौनी निस्किन सक्छ । पीयुषै झरेर यो पृथ्वी र गंगामा अमृत बर्साउन थाल्छन् । त्यसैले श्रम स्मृति भित्र कति जहर छ त्यो थाहा पाउन नियालेर हेर्नुपर्छ । चाहे थालेको काम सकोस् वा नसकोस् एकछिन थकाईलाई मेटेर फेरी आफ्नो काम चाँडै फत्ये गर्न मन, वचन र कर्मले दत्तचित्त भएर लाग्नु पर्दछ ।
अलि अलि गर्दै दिनले हा¥यो, साँझ खुल्लो जग आँगनमा
भित्र छिपेको विश्व व्यथाको आँच उठ्यो मानसतलमा,
पंखी भागे–गुँडतिर लम्के, दिनभर चुहिंदो गीत छरी,
भंmझट बोकी बिर्सिरहेको पीडा, फक्र्यो हूल गरी,
मानिसहरूको जीवन पिसिंदा फुसफुस उड्ने शक्ति सरी
भौंप्वालहरू अब ओकल्छन् कालो धूवाँ लाज नली ।
मन्थन गर्दा श्रमले जीवन, हो निस्कन्छ सुधा झर्भmर,
विश्रान्ति लिई हेर नियाली तर श्रम–स्मृतिमै छ कति जहर ।
विश्रान्ति आपूm कमजोर भएको बेला एक छिन थकाई मेटेर पुनः शक्ति प्राप्त गर्ने क्षण हो । त्यसैले विश्रान्ति विभ्रान्ती नहोस् । आवश्यकता भन्दा धेरै समयसम्म थकाई मारेर कतै आफ्नो लक्ष्यमा पुग्नका लागि ढिलो नहोस् । ढिलो समस्या हो । कमजोर हो । जर्जर हो । व्यर्थ समय फालेर पश्चातापको आगोमा आपैm पोल्नु हो । खाएर लाएर मात्र किन लम्ब्याउनु, प्राणी भित्र अन्तर्निहित शक्तिलाई मात्र किन जोगाउँनु ? यो त आफ्नै तागत र शक्तिले बाँचिरहन्छ । एकै साथ उपभोगमा ल्याएर बस्न सकिन्छ ।
खानु र लाउँनु बाँच्नुको लागि जोर हो । मान्छे–मान्छे भएर नबाँचे पनि जीउने एउटा कला हो । दमन र शोषणको त्यो शासनभित्र हामी मान्छे भएर पनि मान्छेको स्थानमा नराख्ने शोषकहरूको लगाम हो । त्यसैले हामी आज नखाएर के भो ? भोलि निर्धक साथ अगाउँन्जेलसम्म खाए भै हाल्यो नी ? आज हामी नसुतेर के भो ? भोलि मेरी आमाले स्वतन्त्रता पाए पछि निदाए भै हाल्यो नी ? त्यसैले हामी हडताल गर्नु छ । जिन्दावाद र मुर्दावादको नारा लगाउँनु छ । गुम्सिएका आवाजहरूलाई आज सडक सडकमा पोखेर दमनकारी र शोषकहरूलाई मशानघाटमा सेलाउँनु छ ।
जाग जाग जागेर अब हामी सबै घरबाट निस्किनु छ । चम्क चम्क हे युवाहरू हो, धैर्यको बाँध भत्काई शक्ति देखाउँनु छ । चारैतिर घेरेर हामी निरञ्कुशलाई आगोमा होम्नु छ । म त उठीसकें अब हामीहरू सबै उठेर निरञ्कुश शासनको किल्ला उखाल्नु छ । जनताको शक्ति कति छ भनी आज हामीले देखाउँनु छ । त्यसैले कसरी चल्छ यो विधिको सृष्टि हत्या, हिंसा अनि शक्तिको प्रणाली । रीति रिवाजमा फरक ल्याई अब त शासन शैलीमा नै परिवर्तन गर्नु आवश्यक छ । जनताले खोजेको अनि जनताले चाहेको जन सरकार घोषित गरी निरञ्कुश सरकारलाई संघका लागि तोड्नु पर्नेछ । जेल नेलको कुनै परवाह नराखी दुःख र कष्टको कुनै चासो नदिई हामीहरू सबै एकजूट भएर आगोको मुस्लो बन्नु छ । वीरयोद्धा हौँ हामी युद्धकौशल जानेका छौँ । चक्रब्यूहलाई समेत तोड्ने विद्या हामीहरूले सिकेका छौं ।
आज देशले रगत मागिरहेको छ । आज देशले युवाहरूको जोश र जाँगर खोजिरहेको छ । त्यसैले हे युवाहरू हो ! आमाको माया छ भने हामीहरू बस्तीबाट उठेर आफ्नो पौरख देखाउनु छ । जनसागर उम्लेर सुनामी ल्याउनु छ । आमाको रक्षाको लागि मेरो रगत दैत्यलाई पिलाएर भैरवको अस्तित्व खोज्नु छ । त्यसैले यो आन्दोलन दैत्य र भैरवको युद्ध हो । आगो र पानीको संघर्ष हो । हेरौँ त्यसको पाइन कति रहेछ जनताको अगाडी क्षणभरमै खरानी बन्नेछ ।
विश्रान्ति लिई मानिस व्यर्थ बन्छन् जर्जर कमजोर,
खाई लाई लम्ब्याउनु किन, बाँची रहने यो जोर ?
आज नखाऔं नसुतौं आओ सब मिलि हडताल मचाऔं
कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं ।
विश्व व्यथा , विश्वको एउटा कथा हो । पीडै पीडाले भरिएको मुटुको काँढा हो । आगो र पानी जस्तै कहिले तातो र कहिले चिसो बनेर बियोगान्तभित्र विछोडको बाटोमा हिँड्ने मान्छे हो । त्यसैले थाहा छैन, यो भाग्य कस्तो छ ? विश्व र कविवरका बीच मात्र दुई औँला फरक छ । नदीको किनार जस्तै वारी र पारी बीचमा पानी बगेर यो जिन्दगीलाई समयले बगाउँदैछ । कहिले सूर्य ग्रहण बनेर कहिले चन्द्रग्रहण बनेर यो दिन र रातलाई किन हो कुन्नी समून्द्रमा चल्ने ज्वारभाट जस्तै यता र उता कता कता बगाउँन खोज्दैछ । त्यसैले मलाई भन्न मन लाग्यो ।
दुःखको व्यथा दुःखीले बुझ्छ अरुले बुझ्दैन
आँशुको धारा मनका तारा म टिप्न सक्दिन
जन्मनै दुःख मान्छेको कर्म रोएर के गर्नु ?
ओरालो तिर बग्दछ पानी नीति छ नियम ।
अभाग्य कर्म लिएर बाँच्नु आगो छ समान
विश्वको कथा पढेर मैले बुझ्दैछु मरण
ईश्वर पनि हेर्दैन किन पछाडी फर्केर ?
जीवन मृत्यु पालोमा बस्नु आज र भोलिको ।
प्रकासित मिति २०७७–६–७
फेसबुकबाट तपाईको प्रतिक्रिया