विश्वको अर्थतन्त्र अर्को वर्ष पहिलोपटक १०० ट्रिलियन पुग्ने प्रक्षेपण

रोयटर्स  ११, पुस २०७८।

विश्वको आर्थिक उत्पादन अर्को वर्ष पहिलोपटक १०० ट्रिलियन पुग्ने एक प्रतिवेदनले देखाएको छ । ब्रिटिस कन्सल्टेन्सी सेबरले विश्वको अर्थतन्त्र १०० ट्रिलियन पुग्ने प्रक्षेपण गरेको हो ।

सेबकाअनुसार गत वर्षको वर्ल्ड इकोनोमिक लिग टेबल रिपोर्टमा गरिएको प्रक्षेपणभन्दा दुई वर्षपछि सन् २०३० मा चीन डलरको हिसाबले विश्वको शीर्ष अर्थतन्त्र बन्ने अनुमान गरेको छ ।

भारतले अर्को वर्ष फ्रान्सलाई र त्यसपछि सन् २०२३ मा ब्रिटेनलाई उछिनेर विश्वको छैठौँ ठूलो अर्थतन्त्रको रूपमा आफ्नो स्थान हासिल गर्न अनुमान गरिएको छ ।“२०२० को दशकका लागि महत्वपूर्ण मुद्दा भनेको विश्व अर्थतन्त्रहरूले मुद्रास्फीतिसँग कसरी सामना गर्ने भन्ने हो, जुन अहिले अमेरिकामा ६.८ प्रतिशत पुगेको छ,” सेबरका उपाध्यक्ष डगलस म्याकविलियम्सले भने
“हामी आशा गर्छौं कि टिलरमा अपेक्षाकृत मामूली समायोजनले नन्–ट्रान्जिटरी तत्वहरूलाई नियन्त्रणमा ल्याउनेछ । यदि होइन भने, विश्वले सन् २०२३ वा २०२४ मा मन्दीका लागि आफैँलाई तयारी गर्नु आवश्यक हुनेछ ।”
प्रतिवेदनले आर्थिक उत्पादनको हिसाबले सन् २०३३ मा जर्मनीले जापानलाई पछि पार्ने बाटोमा रहेको देखाएको छ । रुस २०३६ सम्म टप–१० अर्थतन्त्र बन्न सक्ने र इन्डोनेसिया सन् २०३४ मा नवौँ स्थानमा पुग्ने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया