विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’को विस्तार इटहरीमा
इटहरी १९ असार २०८०।विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’नेपाल भित्रिएको छ।व्यवशायी देश बन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो।रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्ट र ग्रान्डसेन्ट्रल होटल प्रालिका अध्यक्ष बस्नेत बिच भारतको दिल्लीमा शुक्रबार होटल सञ्चालनको लागि सम्झौता भएकोछ।
सम्झौता पछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन्।उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन्।उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन्।कार्यक्रममा बोल्दै विंडहाम होटल स्ए ण्डरिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताए।
यस्तो हुनेछ होटल
निर्माणाधिन पाँचतारे उक्त होटलमा कुल ८ तला छन् भने८० वटा कोठा रहेका छन्।२०२४ को सुरुवात देखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थक्लब, स्पार आउटडोर स्वीमिङ पुल आदि सेवा रहने छन्।होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागि समेत कोठाहरु व्यवस्थापन गरिनेछन्।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ।पुर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवशायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायीक कार्यक्रम समेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ।
होटलले एक सय जना भन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ।
के हो रमडा
विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्रगतिमा आफ्ना फ्रेन्चाइ जीवितरण गरिरहेको चेन होटल कम्पनि मानिन्छ।यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ।एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया