वेष्टर्न डेभलपमेन्ट बैंकको १५ करोड ६९ लाखको हकप्रद

बिजनेसपाटी ५ कार्तिक

वेष्टर्न डेभलपमेन्ट बैंकले चुक्तापुँजी बढाउन आउँदो २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १:१ अनुपातमा बैंकले १५ करोड ६९ लाख ६० हजार  रुपैयाँ बराबरको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर साविकका सेयरधनीलाई निष्कासन गर्न लागेको हो । मंसिर २२ गतेदेखि हकप्रद सेयर निष्कासन भई पुस २६ गतेसम्म बन्द हुनेछ ।

हकप्रदपछि बैंकको चुक्तापुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ पुग्ने छ । अहिले  बैंकको चुक्तापूँजी १५ करोड ६९ लाख ६० हजार रुपैयाँ रहेको  छ । चुक्तापुँजी बढाउन बैंकले साविकका सेयरधनीलाई हकप्रद सेयर निश्कासन गरेको हो ।  वेष्टर्नको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा रहेकोमा आगामी आव ०७५÷०७६ मा ३२ रुपैयाँ बढी गर्ने प्रक्षेपण गरेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ३२२ रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया