वौद्धिक अपाङगता भएका बालबालिकालाई प्रभु बैंकको सहयोग
काठमाडौं, १७ मंसिर ।
प्रभु बैंकले वौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । प्रभु बैंक कमलबजार अछाम शाखाले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामाको विद्या मन्दिर माध्यामिक विद्यालय विनायकमा अध्यन गर्ने वौद्धिक अपङ्गता भएका बालबालकालाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो ।
प्रभु बैंकबाट शाखा प्रबन्धक सन्जिवकुमार मण्डल र विद्यालयबाट सह प्राचार्य पहल सिंहले संयुक्त रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया