व्यापारीको दबाबमा औषधी व्यवस्था बिभाग, मारमा बिरामी

लक्ष्मीनारायण न्यौपाने

फार्मेसी व्यावसाय एक व्यापार मात्र नभई बिरामीको सेवा गर्ने थात थलो समेत हो । जहाँ औषधी सम्बन्धी अध्ययन गरेका फर्मासिस्टले सेवा प्रदान गर्ने गर्द्छ्न् । केही हस्पिटलहरुमा यस्ता सेवाहरु संचालित पनि छ्न भने धेरै जस्तो अस्पतालहरु जो आफुलाई वरिष्ठ भन्ने ठाँउहरुमा चरम लूट बाहेक अरु केहि छैन।
भनिन्छ जबजब अन्याय र अत्याचार हुन्छ, तब स्वत स्फुर्त आवाज उठ्छ्न । लेख लेखिन्छन् जटिलताको समाधान खोजिन्छ । हो, ठ्याक्कै त्यस्तै अवस्था सिर्जना भएको छ । मुटु जलेको छ । मन भतभती पोलेको छ । जुरुक्क उठेर च्याप्प समातेर घोक्रे ठ्याक लगाएर जेल हाल्न मन छ । तर के गर्नु ? म त भन्छु सरकार लाचार छ । म दिन सक्छु तथ्य सकिन्छ, तपाईं दिनुहोस् तपाईंको आवाज तपाईंको जोस अनि साथ । एकतर्फ सरकार स्वास्थ्य बिमा गरौं भन्छ अर्कोतर्फ औषधीको चरम मुल्य छ । हामी जनता ठगीएको पतै पाइदैन । थाहा पाइ हालेपनि के नै लाग्छ र रु उपचार गर्दै गरेको बिरामीको मुख हेरेर राम्रोसङ्ग उपचार नहुने डर र त्राशले मनभित्रको ज्वाला मनमै कुन्ठित भएर बस्छ । उठेको आवज पनि दबिन्छ । अनि निष्क्रिय हुन्छ । जय जयकार भन्दै घर फर्किनु बाहेक केही हुन्दैन । एकतिर चरम आर्थिक मन्दी खेपिरहेका यो अवस्था अर्कोतिर औषधीको चरम मुल्यमा जनता ठगीएका ठगिएै छन । यस्तो अवस्था सिर्जना गर्नेमा नेपालीभन्दा बिदेशबाट आयातीत औषधीमा धेरै समस्या छ । जनताको स्वास्थ जिम्मा लिएका मतियारहरु हुन् वा सरकारी निकाय सबै टुलुटुलु हेहेर बस्ने बाहेक केहि गरेका छैनन् र गर्नेवाला पनि छैनन् । अनुगमनको जिम्मा लिएको औषधी व्यवस्था बिभागले व्यापारको नैतिकता बिर्सेकालाई तुरुन्त कार्वाही गर्नुपर्छ । होइन भने जनताले कार्वाही गर्ने छ्न । चेतना भया ।।।

प्रकासित मिति २०७९–१२–१३

फेसबुकबाट तपाईको प्रतिक्रिया