शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले १८ प्रतिशत बोनस दिने भयो

काठमाडौं,१७ भदौ  ।

लगानीकर्तालाई शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले १८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले २०७४/७५ को मुनाफाबाट बोनश शेयर नगद शेयर लाभांश वितरण गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३७ करोड ८६ लाख १५ हजार ४०० रुपैयाँको आधारमा १८ प्रतिशतले हुन आउने २४ करोड ८१ लाख ५० हजार ८ सय बरारबरको बोनस शेयर र उक्त बोनस शेयरको कर तिर्न शुन्य दशमलव ९५५ प्रतिशतले हुन आउने १ करोड ३० लाख ६० हजार ५ सय ६८ रुपैयाँ मात्र नगद लाभांश दिने भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया