शासकका अन्धभक्तहरु (कविता)
नन्दलाल खरेल
शसकका अन्धभक्तहरु महाव्यधिमा शासकले लुटमच्चाए पनि
मध्यरातमा चुनाव घोषणा गरेपनि
दुई दुई पटक सांसद विघटन गरेपनि
पार्टीलाई लथालिङ गरेपनि
तिमी जयजयकार गर्न नछोड ।
शासकका अन्धभक्तहरु
१८ औं पटक मन्त्रीमण्डल पुर्नगठन गरेपनि
आफ्नै पार्टीका मन्त्रीहरुलाई हटाएपनि
नाकावन्दीमा रमाउनेलाई उच्च आसन दिएपनि
विखण्डनकारीहरुलाई उच्च पद दिएपनि
तिमी जयजयकार गर्न नछोड ।
शासकका अन्धभक्तहरु
राष्ट्रपति संस्थालाई आफ्नै पोल्टामा पार्दापनि
विचौलीया, तस्कर भुमाफियाको रजगज भएपनि
गुण्डा नाइकेहरुलाई मन्त्री बनाएपनि
भ्रष्टाचारको व्यारोमिटर झन वढेपनि
तिमी जयजयकार गर्न नछोड ।
शासकका अन्धभक्तहरु
युवालाई लामलगाई विदेश पठाएपनि
करोनाको महाव्यधिमा सडकमा लाखौको भिड गराएपनि
करौडोको तेल धुवामा उडाएपनि
गर्मीमा भोकै प्यासै उभ्याएपनि
तिमी जयजयकार गर्न नछोड ।
शासकहका अन्धभक्तहरु
चुरेका ढुङ्गा गिटी भारत पठाएपनि
बहुमूल्य जडिबुटी कौडिको भाउमा बेचेपनि
नयाँ चुच्चे नक्सा फिर्ता नगरेपनि
एमसीसी पारित गराउने योजना बनाएपनि
तिमी जयजयकार गर्न नछोड ।
प्रकासित मिति २०७८–३–१९
फेसबुकबाट तपाईको प्रतिक्रिया