शिखर इन्स्योरेन्सको बोनस पारित
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_897,h_445/https://businesspati.com/wp-content/uploads/2017/12/ShikharIns_13thAGM.jpg)
काठमाडौं,८ पुस ।
शिखर इन्स्योरेन्सको शुक्रबार सम्पन्न साधारणसभाले २९ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ ।
कम्पनीको १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
बोनस शेयर पारितसँगै कम्पनीको चुक्तापुँजी १ अर्ब ०५ करोड रुपैयाँ पुग्ने भएको छ । उक्त सभाले संस्थापक शेयरमध्ये २० प्रतिशत (कुल शेयरको १४ प्रतिशत) शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने समेत निर्णय गरेको छ ।
चालु आव सम्ममा कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँको बीमा शुल्क संकलन गर्न सफल भएको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया