शिवम् सिमेन्टले सर्वसाधारणका लागि ५० लाख ७९ हजार कित्ता शेयर निष्काशन गर्ने
बिजनेसपाटी ११ अशोज ।
शिवम् सिमेन्टले सर्वसाधारणमा ५० लाख ७९ हजार ७६० कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा दशैं अगावै निवेदन दिने भएको छ ।
आयोजना प्रभावित क्षेत्र मकवानपुर जिल्लाका स्थानीय बासिन्दाहरुलाई शिवम्ले साउन १३ गते देखि भदौ ११ गतेसम्म ८ लाख ८० हजार कित्ता जारी गरेको थियो । सो स्थानीयको शेयर कम्पनीले २०० रुपैयाँ प्रिमयिम सहित प्रतिकित्ता ३०० रुपैयाँमा निष्काशन गरेकोमा स्थानीयले २ लाख २४० कित्ता शेयर मात्र खरिद गरेका छन् ।
स्थानीयको सो शेयर असोज १० गते बुधबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । स्थानीयलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको हो ।
सर्वसाधारणका लागि निष्काशन गर्ने शेयरमा भने कम्पनीले प्रिमियम मुल्यमा ३०० रुपैयाँ थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरमा निष्काशन गर्ने भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले ९३ करोड ६७ लाख खुद नाफा कमाएको थियो । कम्पनीले चौथो त्रैमासिकको प्रतिवेदन भने हालसम्म सार्वजनिक गरेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया