शिवम् सिमेन्ट्स लिमिटेड “कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित

काठमाडौं १६ फागुन, २०८१ । शिवम् सिमेन्ट्स लिमिटेड “कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४” बाट सम्मानित भएको छ । फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्वब नेपाल प्रा.लि. द्वारा आयोजित द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स कार्यक्रममार्फत शिवम् सिमेन्ट्स उत्पादनमुलक बर्गीकरण कम्पनीहरु मध्येबाट उत्कृष्ट छनौट भएको हो ।

कार्यक्रममा फरक–फरक विधामा विभिन्न कम्पनी तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४ अवार्ड प्रदान गरिएको हो । यसरी उत्कृष्ट उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतमा पनि विभिन्न अवार्डहरुबाट सम्मानित भइसकेको छ ।

  • NS Quality Award-2019
  • Energy and Environment Efficiency Awards-2019
  • Outstanding International Leadership Achievers Award-2023, United Arab Emirates (UAE), Dubai
  • Shri Mahatma Gandhi Rashtriya Abhiman Puraskar 2023, India
  • Organization Sales Excellence Award-2023
  • Best Managed Company of the Year-2022

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजना तथा अन्य संरचना निर्माणमा समेत लामो समयदेखि आफ्नो पहिचान बनाउन सफल छ ।

कम्पनीले उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असलीओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया