शुक्रवार ४ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्नु पर्ने

बिजनेसपाटी २८ पौष

आगामी शुक्रवार पनि बैंक तथा वित्तीय संस्थाहरु पुरै दिन खुल्ने भएको छ। नेपाल राष्ट्र बैंकले पुरै दिन कारोबार गर्न निर्देशन दिएको हो।

चालु आर्थिक बर्षको पुस महिनामा आयकर तर्फको पहिलो किस्ता बुझाउने अन्तिम दिन शुक्रवार परेकाले ४ बजेसम्म कार्यालय खोलेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो। सरकारी राजश्व बुझ्ने बैंकहरुले मात्र कार्यालय पुरै समय खोल्नु पर्छ। सरकारी राजश्व नबुझ्नेहरुलाई राष्ट्र बैंकको निर्देशन लागू हुँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया