शुन्दर टुकुचा बग्न निम्न शर्त अनिवार्य

उद्धबराज चौलागाई

वरिष्ठ इन्जिनियर तथा प्रबन्ध निर्देशक–इआरएमसि प्रालि
अहिले काठमाण्डौ महानगरपालिकाले टुकुचा खोलाको हराएको भाग पहिचान गरेको र त्यसलाई जिवन्त बनाउन महानगर लागि पर्न थालेको विषयले सर्वत्र बहस पाएको छ । महानगरले त्यो खालको अभियान थालिरहँदा आफुले अनुभव गरेको केही कुरा शेयर गर्न चाहेको छु ।
मैले मास्टर्स गर्दाको काठ्माण्डौ उपत्यकाका नदिहरूको अध्ययन तथा ईआरएमसीबाट विभिन्न विज्ञहरूको समुह सहितको टोलीबाट भए गरेका अध्ययनको एक खालको अनुभव छन् । विगत १५ बर्षदेखि काठ्माण्डौ उपत्यकाका बाग्मती र बिष्णुमती सुधार कार्यक्रम, बाग्मती मल्टि डाइमेन्सन स्टडीज, बिष्णुमती लिङ्क रोड कन्स्ट्रक्शन्, काठ्माण्डौ मेट्रोको अध्यययन, काठ्माण्डौ सस्टेनेवल अर्वन ट्रान्सपोर्ट, काठ्माण्डौ उपत्यकामा ढल सुधार तथा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण र काठ्माण्डौ खानेपानी सुधार आयोजना निर्माण, बाहिरी चक्रपथको डिपीआर, कलङ्की नागढुङ्गा सडकको डिपिआर लगायत दर्जनौं आयोजनाहरू अध्ययन र निर्माणका मेरा अनुभवहरु छन् । त्यस आधारमा भन्नु पर्दा काठ्माण्डौमा नँया संरचनाहरू निर्माण गर्न अति नै कठिन छ । टुकुचाको साँच्चै सुधार र टुकुचा दुवै साईडमा संरचनाहरू निर्माण गर्ने हो भने निम्नानुसार कार्य तुरून्तै शुरू गर्नु जरुरी छ। अन्यथा त्यो प्रचारबाजी मात्र हुनेछन्।

जय नेपाल हलको कम्पाउण्डभित्रै टुकुचा खोला भेटियो | Sunaulo Nepal
Tukucha Khola


-पहिलो कुरो टुकुचा कहाँ छ भनेर डोजरले खनेर खोज्नै पर्दैन। GPR, ERT लगायतका सर्भेका विधिहरूबाट टुकुचाको लोकेसन थाहा पाउँन सकिन्छ। यसको लागि डिटेल सर्भे गर्नु जरूरी पर्छ । टुकुचाको चौडाई कति राख्ने ४ मी वा त्यो भन्दा वढि फाईनल गर्ने र खोलाको चौडाई फाईनल गरेपछि सडकको वा खुला क्षेत्रको लागि कति लिने निर्णय लिनुपर्छ। यदी चौढाई ४ मिटर र दुवै साईडमा ४-४ मिटर मात्र लिने हो भने सडक नाम मात्रको हुनेछ। ४-४-४ नै लिने हो भने पनि अरबौको मुवाब्जा वितरण पछि मात्र निर्माण कार्य शुरू गर्न सकिन्छ।
९ अहिले सम्मको अध्ययनलाई मात्रै आधार मान्ने हो भनेपनि झण्डै ४३००० आना (यदी ८-४-८ गरियो भने यो धेरै नै बढ्नेछ) मुवाब्जा वितरण गर्नुपर्छ र सोही अनुसारको भवनहरूको मुअव्जा पनि वितरण गरिनु पर्छ। मठ, मन्दिरहरूको सोही अनुसारको संरक्षण गरिनु पर्छ । मुअब्जा र अन्य सामाजिक कार्यको लागि स्थानिय स्टेकहोल्डरहरूसंगको (गुठी, मन्दिर, सत्तल, स्थानिय जनता आदी) समन्वय र सहमति अति जरूरी छ।
– कति चौडाई सम्म जाने फाईनल गरेपछि मात्र डिपिआर काम शुरू हुन्छ। यदी ४-४-४ मा नै जाने हो भनेपनि रिभर ट्रेनिङ्, सढक, ढल, सत्तल, मन्दिर आदी निर्माणको लागि प्रि–फिजीविलिटीकै डाटालाई आधार मानेर ईस्टिमेट गर्ने हो भनेपनि अनुमानित १५ अर्ब घटीले यो निर्माण हुँन सक्ने देखिँदैन। यदी ८-४-८ मि चौडाईमा जाने हो भने २० अर्ब भन्दा पनि माथी पुग्न सक्छ। त्यसमा पनि दरवार भित्रको क्षेत्र, आर्मीको एरिया लगायतको ठाँउमा राष्ट्रिय कन्सेनसस नबनाई कोरिडर बनाउँन सकिदैन। यतिका धेरै रकम टुकुचाकै लागि अहिल्यै खर्च गरिनु अहिलेको प्रथामिकता हो वा होईन रु यसमा पनि प्रष्ट हुनुपर्छ।
टुकुचाको अध्ययन भर्खरै भएको होईन । यसको अध्ययन HPCIDBC ले पहिल्यै शुरू गरेको थियो। यसको विष्तृत डिजाईन र निर्माण कार्य कसको कार्य क्षेत्र वा कसले गर्ने हो वा कहिले गर्ने हो यसमा पनि समन्वयको जरूरी देखिन्छ। टुकुचा मात्र हैन बाग्मती अन्र्तगतका बिष्णुमती, मनोहरा, धोबी खोला, नक्ख्खु, महादेव, साङ्ले, कर्मनसा, हनुमन्ते लगायतका खोलाहरूमा पनि यस्ता थुप्रै समस्याहरू छन्। अहिलेसम्म उपत्यकाका सबै नगरहरूमा HPCIDBC ले नै बाग्मती नदी अन्तर्गतका सुधार आयोजनाहरूको समन्वय र नेतृत्व गरेको छ।
डिपिआर बनाएर निर्माणको सबै योजना र रकम सहितको जोगाड भयो भने शहरको विचमा शुन्दर टुकुचा बग्ने कुरोमा कुनै शंका छैन्। तर डिपिआर नै नबनाई निर्माणको लागि हतार गरिनु चाही उपर्युक्त हुँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया