शेयर कारोबारले लियो नयाँ उचाइ
काठमाडौं १३ जेठ २०७८।
साताको अन्तिम कारोबार दिन आज नेप्से सामान्य घटेको छ। तर शेयर कारोबारले भने नयाँ उचाइ लिएको छ । आज झण्डै १५ अर्ब रुपैयाँको कारोबार भएर सेयर कारोबारमा नयाँ उचाइ कायम भएको हो । आज नेप्से भने १.२० अंक घटेर २८१५.४० विन्दुमा झरेको छ। यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो ।
आज बिहिबार २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।
कारोबार रकमका आधारमा आज अपि पावर शीर्ष स्थानमा छ। अपि पावरको आज ४३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी आज अरुण काबेली र चिलिमेको ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक-वित्तीइ संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो । राष्ट्र बैंकको सो निर्देशनसँगै शेयर कारोबार घट्ने अनुमानको विपरीत शेयर कोरोबारले नयाँ उचाइ हासिल गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया