शेयर कारोवार वढ्ने संकेत

राजु बस्याल
केहि महिना देखि कारोवार तथा नेप्से परिसुचक घतिरहेकोमा पौस महिनाको पहिलो साताको आइतवार भएको कारोवार रकमले केहि वढ्ने संकेत गरेको छ । केहि हप्तायता कारोवार रकम ४० देखि ५५ करोडको विचमा सीमित रहेकोमा यस साताको पहिलो आइतवार भने ६२ करोड रुपयाँभन्दा वढिको कारोवार भई नयाँ रेकर्ड राखेको छ ।
सामान्यतया नेप्से नकारात्मक रहने मानीने यस समयमा लगानीकर्ताहरु यस समयलाई पर्ख र हेरको रुपमा लिने गर्दछन् । यस समयमा ठुला लगानीकर्ताले सेयरमा लगानी नगर्ने हँुदा यस सिजनलाई अफ सीजनका रुपमा पनि लिने गरिन्छ । तर कतिपय वित्तिय संस्था लगायत इन्सुरेन्स, वैक आदिले धमाधम वोनश तथा हकप्रद सेयरको तालीका सार्वजनीक गरेको हुनाले पनि लगानीकर्ताहरु सेयर वजारमा उत्साहित भएको हुन सक्दछन् ।
नेप्सेमा सुचीकृत विभीन्न समुहहरुमध्ये वैक तथा वित्तिय संस्था, इन्सुरेन्सहरुमा लगानीकर्ताको आर्कषण देखियो भने हाइड्रोपावर लगायत उत्पादनशील क्षेत्रमा भने शेयर परिसुचक घट्न गएको देखियो । समग्र नेप्सेमा ०.०८ का दरले वृद्धि हुदा नेप्से १५३१.३५ मा पुगेर रोकिएको छ । आज सवैभन्दा वढि कारोवार हुनेमा एभरेष्ट वैक, नेसनल लाइफ इन्सुरेन्स कम्पनी, तथा वैक अफ काठमाडु लुम्वीनी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया