शेयरमा दोहोरो अंकको गिरावट, कसले कति कमाए र घुमाए ?
बिजनेसपाटी ३ माघ
आज सोमबार शेयर सूचक ११.६३ अंकले घटेर १४६६.०९ अंकमा बन्द भएको छ । आज बजारमा ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा करिव साढे २० करोडको प्रभु बैकको संस्थापक शेयर खरीदबिक्री भएको छ ।
आज एफपिओका कारण स्टान्डर्ड चार्टर्ड बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका छन्। चार्टर्ड बैंकको करिब ६ करोड रुपैयाँको कारोबार भएको छ। आज फाइनान्स कम्पनी सूचक वाहेक सबै ओरालो लागेको छ। बिमा समुह सबैभन्दा बढी १३० अंकले घटेको छ। बैंकिङ ११.५४, होटेल ७.३८, विकास बैंक ६.३ र अन्य ०.८६ अंकले घटेको छ। फाइनान्स समुहमा भने ०.८४ अंकको सुधार देखिएको छ।
सबैभन्दा बढी ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले कमाएका छन् । बैंकको शेयर मूल्य करिव १० प्रतिशतले बढेको छ। हिजो करिव १० प्रतिशतले झरेको प्रभुको मूल्य आज पनि उत्तिकैले झरेको छ। आज कर्णाली विकास बैंक, खानीखोला जलविद्युतको शेयर मूल्य करिव १० प्रतिशतले घटेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया