संकटमा नबोलेर के वनभोजमा बोल्ने ?

काठमाडौं–५ श्रावण

डा. गोविन्द केसीको अघिल्ला अनशनको बेलाभन्दा अहिले परिस्थिति भिन्न देखिएको छ । केसीको पक्ष र विपक्षमा समाज बाँडिएको हो कि जस्तो देखिन्छ । विचारमा ध्रुवीकरण आउनु आफैंमा खराब कुरा होइन । सार्वजनिक वृत्तमा चिकित्सा शिक्षाबारे भएका छलफल र बहस निरन्तरका अनशनका प्रतिफल हुन् ।

सर्वसाधारण केसीको पक्षमा उभिए पनि समाजमा बोल्नुपर्ने र विचार दिनुपर्नेहरू भने मौन छन् । कतिपय बुद्धिजीवी बीचको बाटो रोज्दैछन् । यसरी पर्खालमा उभिएर बुद्धिजीवीको दायित्व निर्वाह हुँदैन । पक्ष वा विपक्षमा उनीहरूले आफ्नो तर्क राख्नैपर्छ । यसमा डराउने कुरै छैन । यो देशका निम्ति हो, कुनै व्यक्ति विशेषका निम्ति होइन ।

यसपालि पहिलेभन्दा भिन्न के देखिन्छ भने डा. केसीका विरोधीहरू संस्थागत भएका छन् । त्यो कसरी संस्थागत हुन पुग्यो ? जबकि डाक्टर केसी समग्रमा निजी क्षेत्रको विरोधी होइनन् । विरोधीहरूको यस्तो जमात स्वस्फुर्त निर्माण भएको होइन । यो कृत्रिम हो । मैले सुनेअनुसार टिचिङका डाक्टरहरूलाई प्रशासनबाट केसीलाई कुनै सहयोग नगर्नु भन्ने पनि आयो रे । त्यसैले पनि होला कि, सरकारी डाक्टरहरू संकुचित हुन थालेका । कतिपयले त नबुझेर पनि नबोलेको हुनसक्छ । अलमलले पनि त्यस्तो भएको हुनसक्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया