सकसमा सुन ब्यवसायी
नन्दलाल खरेल
नन्दलाल खरेल
सकसमा सुन ब्यवसायी
मौलाउदो सुन तस्करी
तस्करी गर्ने अपराधी
बदनाम हुनुपर्ने सुन ब्यवसायी।१।
अहिलेसम्म न ऐन न निर्देशिका
कर असुल्छ राज्य विना कानुन
जन्मदेखि मृत्युसम्म चाहिन्छ
सबैलाई यहि असलि सुन।२।
सुन आयतको सीमा घट्यो
सुन तस्करी झनै बढ्यो
भन्सार देखि संसार मिलाएर
जागेका छन् सुन तस्कर।३।
कर्मचारी देखि नेतासम्म
माफिया देखि तस्करसम्म
सबै जोगिन्छन् यिनीहरु
पर्छन् खालि गरिब भरियाहरु ।४।
संगठित हुनुपर्यो सुन ब्यबसायी
एउटै हुनुपर्यो सुन महासंघ
अनि मात्र पुग्छ बल
सुन है सबै सुन ब्यवसायी।५।
प्रकासित मिति २०८०–४–५
फेसबुकबाट तपाईको प्रतिक्रिया