सकारात्मक सन्देशले पर्यटन क्षेत्रमा सकारात्मक परिणाम दिन्छ ।
श्याम राज थपलिया,
प्रबन्ध निर्देशक– ओशो वल्ड ट्राभल्स नेपाल प्रालि
१) ओशो वल्ड ट्राभल्सले कसरी काम गर्दै आएको छ ?
हाम्रो यस संस्थाले विशेषगरी फाल्इट टिकेट बेच्ने हो । जस्तो अमेरिका, बेलायत, युरोप, क्यानडा, अष्टे«लिया लगायत त्यस्तो ठाउँमा फाल्इट टिकेट बेच्ने हो प्रोफेशनल तरिकाले ।
२) नेपालमा सञ्चालित जति पनि ट्राभल्स ऐजेन्सीहरु छन् तीनीहरुको अहिलेको अवस्था कस्तो छ ?
अहिलेको ट्राभल टुरमा मान्छेहरुलाई अत्यन्त चुनौती छ । कसरी सर्भाइभ हुने ? कसरी अघाडी बढ्ने भन्ने एकदम चुनौती छ । किनभने यहाँको राजनीतिक अस्थीरताले गर्दाखेरी एउटा सानो समाचार भयो भनेपनि विदेशीहरु आउँदैनन् । विदेशीहरु नआएपछि गाह«ो भैहाल्छ ।
३) कति छन् नेपालमा ट्राभल्स ऐजेन्सीहरु ?
अहिले नेपालमा ट्राभल्स ऐजेन्सी दर्ता भएको ४ हजार जस्तो सुन्नमा आएका छन । कति सञ्चालित होलान् कति चाँही सञ्चालनमा नआएका पनि होलान् । त्यो चाँही यकिन डाटा छैन ।
४) ओशो वल्ड ट्राभल्सको खास विशेषता के छन् । अरु भन्दा यो सस्था केमा फरक छ ?
सबैले आ–आफनो संघ संस्थाको विशेषता एक खालको भइहाल्छ । हाम्रो चाँही सकेसम्म प्रोफेसनल तरिकाले मान्छेलाइ सेवा सुविधा दिनुपर्छ । सर्भिस दिनुपर्छ भन्ने छ । हामीले संसारका सबै देशका लागि जहाँ नेपाल सरकारले जारी गरेको सबै देशहरुका लागि टिकटिङ गर्ने काम हामीले गरिरहेका छौ ।
नेपाल कत्तिको प्राथमिकतामा छ विश्वको नजरमा भन्दाखेरी यहाँ चाँही सानो कुराले ठुलो न्युज बन्दिन्छ वल्र्डमा । किनभने हाम्रो सबै अर्थतन्त्र बलियो नभएको हुनाले विदेशमा त सन्देश एकदम ठुलो ठुलो जान्छ । अनि एकैछिनमा आउने मान्छे पनि क्यान्सील गरेर नआइरहेको हुन्छ ।
५) ओशो वल्ड ट्राभल्स सञ्चालनको दौरानमा के कस्तो अनुभव सँगाल्नु भएको छ ?
हाम्रो त फाल्इट टिकेट बेच्ने हिसावले टीम बनाउनु प¥यो । लगानी गर्नु प¥यो । चुनौतीपुर्ण नै छ । जस्तो आम्दानी जहिले पनि घट्न सक्छ तर खर्च कहिल्यै घट्दैन । अहिले पनि हेर्नुहुन्छ भने कति अरु–अरुको ब्यापारमा पनि जस्तो १० हजार तलव थियो होला सुरुमा अहिले १ लाख भयो होला त्यो मान्छेको तलव तर आम्दानी चाँही त्यो वेलामा २ करोड थियो भने अहिले २५ लाखमा झरेको पनि हुनसक्छ । बिजनेसको चुनौती हो यो सबै ठाउँको लागि । प्रतिस्पर्धाले नै हो यो खालको समस्या आउने भनेको । प्रतिस्पर्धा पनि कत्तिको स्वच्छ प्रतिस्पर्धा हुन्छ की हुदैन भन्ने कुरा हुन्छ ।
६) सरोकारवाला निकायहरुलाई के अनुरोध गर्नुहुन्छ ?
सरोकारवाला निकायलाई नेपाललाई आर्थिक रुपमा सम्बृद्ध बनाउनु पर्छ भन्न चाहन्छु । सबैभन्दा ठुलो कुरा त्यही हो अहिलेलाई । आर्थिक सम्बृद्धि नै हो सबैभन्दा ठुलो कुरा । आर्थिक सम्बृद्धि भयो भने मान्छेले सकारात्मक रुपले लिइदिएपछि विदेशी आउने भयो । काम पनि गर्ने भयो । काम गरेपछि त पायो नी ।
७) बिजनेसपाटी अनलाइनका पाठकहरुलाई यहाँका के ही सन्देश छन् की ?
धेरैजसो न्युज सम्प्रेषण गर्दाखेरी सानोतिनो कुराहरु गल्ती पनि भइरहेको हुनसक्छ । तर त्यस कुरा हो की होइन भन्ने कुरा सत्यतथ्य पत्ता लगाएर मात्रै समाचार प्रशारण गरिदिनु भयो भने र सकेसम्म साना–तिना गल्तीहरुलाई समाचार बनाउनु भएन भने राम्रो हुन्छ । नभए त्यो फेरी सम्प्रेषण हुदै जाँदाखेरी एककान दुइकान मैदान हुदै जान्छ । कहिलेकाँही नभएको कुरा पनि त्यसरी बाहिर आएको हुनसक्छ । जस्तो नेपालमा दुइ चार वटा काण्डहरु भए । त्यो काण्ड हुँदै होइन तर ठुलो न्युज हुदै गयो भने मान्छेले नबुझिकन हल्लामा लाग्छ । नेपाल कृषि प्रधान देश भन्दा पनि अहिले पर्यटकीय देश भएको हुनाले न्युन सकारात्मक भयो भने पर्यटनको लागि फाइदाजनक हुन्छ । किनभने नकारात्मकलाई छिटै मान्छेले लिइहाल्छ सकारात्मकलाई समय लाग्छ ।
प्रस्तुती ः रिसव गौतम
प्रकाशित मिति २०७३-११-२३
फेसबुकबाट तपाईको प्रतिक्रिया