सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच सम्झौता
काठमाडौँ ३१ जेठ २०८०।सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सन्राइज बैंकका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले KFC, Pizza Hut / Cream bell संग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ‘Sunrise Smart+ बाट NEPALPAY QR Scan गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित KFC, Pizza Hut / Cream bellm का देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यास व्याक तुरुन्तै पाउनेछन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया