सप्तरीमा हात्ती आतंक, आधा दर्जन घरमा तोडफोड

राजविराज २६ जेष्ठ

केही दिनयता सप्तरीको पूर्वी भेगमा हात्ती आतंकले सर्वसाधारण त्रासमा परेका छन्।
पछिलोपटक गएराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले ६ वटा घरमा तोडफोड गरेका छन्। करिब ३ समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित ४ परिवारको ६ घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

हात्तीको समूहले घरमा क्षति पुर्यााउनुका साथै घरभित्र राखिएको अन्नपात खाएको र लत्ताकपडा, भाँडावर्तनमा क्षति पुर्याुएको छ। आतंक मच्चाउन थालेपछि हात्तीलाई स्थानीयवासी र प्रहरी मिलेर आरक्षतिर लखेटेको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिए।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया