सबै राष्ट्रिय भाषा कामकाजी बनाउन मोर्चाको अडान

काठमाडौं ९ अशोज
वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो सर्त राखेको हो ।
मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने भन्दै केनै एउटा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको छ । ‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’ छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया