समता माइक्रोफाइनान्सको साधारण सेयर आजबाट बिक्री खुला

काठमाडौं १९ पौष ।

आज  मंगलबारदेखि समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर बिक्री खुला भएको छ । संस्थाले १ सय रुपैयाँ अंकित दरका ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८ सय कित्ता साधारण सेयर निष्कास गरिएको जनाएको छ ।

यसमध्ये १ हजार ८९६ कित्ता सेयर कर्मचराी र ४ हजार ७४० कित्ता सेयर सामुहिक लगानीकर्तालाई सुरक्षित गरेर बाँकी रहेको ८८ हजार १६४ कित्ता साधारण सेयर मंगलबारबाट बिक्री  खुला भएको समताले जनाएको छ ।  छिटोमा पुस २२ र ढिलोमा माघ ४ गतेसम्मलाई सेयर बिक्री बन्द तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया