समर्थकहरुलाई खुमबहादुर खड्काको निर्देशन

काठमाडौं १५ मंसिर ।
हिन्दु धर्मको रक्षाका लागि कांग्रेस नेता खुमबहादुर खड्काले आन्दोलन गर्ने घोषणा गरेका छन् । हिन्दुधर्म नरहे राष्ट्रियता नरहने भन्दै खड्काले आन्दोलनको लागि तयार रहन समर्थकहरुलाई निर्देशन दिएका छन् ।

बुधबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नेता खड्काले भने, ‘केही साथिहरुले फागुनबाट, केही साथिहरुले चैतबाट आन्दोलन गर्नुपर्छ भनिरहनु भएको छ । म आन्दोलनका लागि तयार रहन आग्रह गर्दछु । ’पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया