समाजवादको डम्फु : बजाउने की सजाउने ?
हरि बहादुर श्रेष्ठ
नेपालमा दश वर्षे वर्षको जनयुद्धपछि नेत्रित्व आत्मसर्मपण एवं विर्सजनवादमा फसेपछि परिवर्तन चाहने शाक्ति, देश र जनतामा धोका भएको छ । विगतमा परिवर्तनको हुँकार बोल्ने उनीहरु पुराना संसदवादी शक्तिसँग बिलयन भएका छन् । परिवर्तका लागि लडिरहेकाहरुलाई बीच वाटोमा छोडेर व्यतिmगत स्वार्थमा क्रान्ति विसर्जन गरेपछि वा सत्र हजार जनताको रगतमा होली खेली पुराना पँुजीवादी, संसदवादीसँग काध जोडेर विलय भए । जसमा पुराना संसदवादीको योजनामा वेलावेला दलाल संसदीय वर्गको आयोजनामा निर्वाचनमा भाग लिई १० वर्ष लडेका सिपाही जनमुक्ति सेनालाई आत्मसमपर्ण गराए । सहिदले वगाएको रगतको अपमान गरे । वेपता भएका योद्धालाई कुनै खोजी नगरी पुराना दल भ्रष्टाचारीलाई उमुक्ति दिदै आएकाहरुसँग सहकार्य गरे । अनि जनयुद्धका मुद्दा ब्युताई युद्ध गरेर आएका युद्धालाई जन्मकहिद सुनाए । भ्रष्ट कर्मचारीलाई छुट दिँदै न्यायलय आफ्नो पक्कडमा पारे । यस्तो खालको दलाल संसदीय वर्ग अहिले देशमा छ । जसमा २०७२ सालमा सविधान वनाएर त्यो संविधानलाई कार्यान्यन गर्न प्रदेश संसदको चुनाव गरी जनताको आखाँमा छारो हाली वामगठवन्धन र प्रजातान्त्रिक गठबन्धनको नाटक गरी काल्पनिक समाजवाद भन्दै नेपाली जनतालाई झुक्काई रहेका छन् । समाजवादको डम्फु बजाउने भन्दा सजाउने काम भएको छ । समाजवादको नाटक गर्ने दल आफु नै दलाल संसदीय पँुजीवादका मालिक वनेका छन । जसमा व्यक्तिगत पुँजी जम्मा गरी उद्योगका मालिक आफै भएका संसदीय व्यवस्था आज समाजवादको नाटक गरी रहेका छन ।
के हो समाजवाद भनेको ? यो संसदीय ब्यवस्थालाई थाहा नभएको वा थाहा भएर पनि नेपााली जनतालाई भ्रममा पारी समाजवादको नाटक गरेका छन । जसमा करोडौ लगानी गरी व्यक्तिको नाममा उद्योग कलकाखाना खोलेका, त्यो उद्योगमा न्यून ज्यालामा महिला बालवालिकालाई काममा लगाउदै आएका संसदीय व्यववस्था सक्तामा हुन्जेल जनताको करवाट कति सकिन्छ लुट्ने, सक्ता छोडेपछि वा संसदमा हुन्जेल पैसा जम्मा पारी राख्ने । पाँच वर्षको कार्यकाल सकिएपछि उद्योगका मालिक हुदै आएका सांसद वा उद्योगका मालिक नै सांसद वनेर न्युन ज्यालामा काममा लगाउने संसदीय व्यावस्था आज समाजवादको कुरा गरि रहेको छ । के यो सम्भव छ कि छैन ? जसले काम गर्न मजदुर राखेर आफु साहु बन्छ, त्यसले समाजवादको कुरा गर्छ । एउटा उखान छ, मनको लडु घिउसँग खानु जस्तै हो । जसमा दलाल संसदीय वर्गले दलाल पँुजीपति वर्गसँग मिलि उद्योग संचालन गर्छन् । त्यसमा नाफा कमाउने विदेशी कम्पनि भित्राई स्वदेशी लगानीलाई निरुत्सायी गरिरहेका छन । तिनूपर्ने कर पनि छुटकार दिदै कम्पनीवाट आएको नाफा आफुले बाँडेर खाएका छन । मजदुरलाई वर्षैको तलव भत्ता नदिई निस्कासन गर्छन् । यसले समाजवादको कुरा प¥याउने कि नपत्याने जसमा जो मालिक उ मजदुरको नारा लिई हिडेका छन् । यो कस्तो खालको समाजवाद ल्याउन खोजेका हुन हामी जनताले वुझ्न जरुरी छ । यस्तो वर्ग आज आफुले सत्ताको मालिक भई संसदीय समाजवादको नाटक गरी रहेको छ । अर्काे समुह नेपालमा हिजोदेखि नेपालमा परिवर्तको लागि लड्दै आएका दर्श वर्ष जनयुद्धगरी संसदीय वर्गको अन्त्य गर्न भनी नेपाली जनतालाई आन्दोलनमा उतारे ।
जसले हिजो दश वषर््ा जनयुद्ध लडेर १३ पुस्तासम्म राज गरेका साम्राज्यवादी राजा लगाएत अन्य सामान्तवादी दलालको अन्त्य त गरीयो तर त्यसको हाँगाविगामा अडिएका राजनितिक दल संसद वनेर दलाल पँुजीपति वर्गको जन्म भएपछि नेपाली जनतालाई कुनै परिवर्तन नभएको अनुभति भयो । जसमा यो वर्गमा जनयुद्धका लिडरसिप नै लिप्त भए । यसको बिरोधमा नेपाली जनताले क्रान्ति गर्ने लिडरसिप, नेतित्व गर्ने नेतित्वको खोजीमा थिए । आज एकिकृति जनक्रान्तिको कार्यदिश र बैज्ञनिक समाजवादको कार्यदिशा अगाडी सारेर नेपाल कम्युनिष्ट पाटीको जन्म भएपछि नेपाली जनता फेरी क्रान्तिमा होमिएका छन ।
समाजवाद — समजवाद भनेको पँुजीवादको अन्त्य भई समाम्यवाद आउने बेलालाई समाजवाद भनिन्छ । समाजवादमा पुँजीपतिको बिरोध हुने, समाजवादी क्रान्तिमा सर्वहारा र किसान वर्ग गतिदायक शक्ति हुन्छन् । यसको नेतित्व सर्वहारा वर्गले गर्दछ । समाजवाद आउने बेलामा वा समाजवादी क्रान्तिको अवस्थामा निम्न कुराहरु हुनुपर्छ ।
१. समाजवाादी क्रान्तिले पँुजीवादी मात्र मास्दैन शोषक वर्गिय सत्ता समेत मास्छ, सर्वहारा श्रमजीवि वर्गलाई सत्ताको मालिक बनाउँछ ।
२. पुँजीवादी समान्तवादी क्रान्तिले शोषणकारी राज्यतन्त्रलाई नयाँ धरिलो र अझ सशक्त बनाउने काम गर्दछ । समाजवादी क्रान्तिले पुराना राज्ययन्त्रलाई ध्वस्त पार्दै एकदम नयाँ राज्ययन्त्र र सर्वहारा अधिनायकत्वको स्थापना गर्दछ ।
३.अरु क्रान्तिले शोषक—शोसित वर्गभेद र राज्यलाई शाश्वत र अमर बनाउने कोशिस गरे तर समजवादी क्रान्तिले समाज विकासका नियमको अनुसरण गदै वर्ग विहिन, राज्यविहिन साम्यसमाजको दिशा लिन्छ । सर्वहारा वर्गलाई यसको अधिनयकत्व गरी समाजतर्फ लगाउँछ ।
४. अरु क्रान्तिले व्यक्तिगत सम्पतिलाई प्रश्रय दिई उन्मुलन गर्दैन । वरु त्यसको स्वारुप फेर्न चाहन्छ । तर समाजवादी क्रान्तिले व्यक्तिगत सम्पतिको ठाउँमा समाजिक सम्पतिको प्रणालीलाई स्थापित गर्छ ।
५. अरु क्रान्तिले प्रत्येक पटक शोषणका एउटा रुपलाई हटाई अर्काे रुप कायम गर्छन । समाजवादी क्रान्तिले पुँजीवादी शोषणलाई मात्र मास्दैन, शोषक वर्गीय सत्ताको सम्पुर्ण संभावनाहरुलाई निर्मुल पार्दै मानिस र मानिस माथि हुने सारा शोषण र दमन उन्मुलन गर्दछ ।
६. व्यक्तिगत सम्पतिको नयाँ स्वामित्व र शोषकीय पद्धतिको नयाँ स्वरुपलाई बलियो पार्ने गरी राजनैतिक शक्ति हत्याउनु नै अन्य क्रान्तिको उदेश्य थियो । समाजवादी क्रान्तिले भने नयाँ सक्ताको प्रयोगद्धारा समाजवादी अर्थतन्त्रको निर्माण गर्ने उद्देश्य राख्दछ ।
७. समाजमा रहेका शोषक र शोषित वर्गहरुका हितहरुको टक्कर कायमै राखेका हुँदा अरु क्रान्तिहरुले बहुसङयक जनताको एकतालाई बलियो पार्न सकेनन् । समाजवादी क्रान्तिले शोषक र शोषितको भेदलाई नामेट पार्ने बाटो लिने हँुदा त्यसले समाजवादका सवै किसिमका जनसमुदायहरुको दीगो एकताको प्रभुत्व गर्दछ ।
यसरी समाजवादको निमार्ण हुनु समाजवादको अपधारण हो । तर आज नेपालमा नक्कली समाजवादले, दलाल पुँजीवादी व्यवस्थाले आफ्नो सत्ता टिकाउन समाजवादीको नाटक गरिरहेको छ । नेपाली जनताको आखाँमा छारो हलेका छन । जसमा व्यक्तिगत सम्पति खरवै थुपार्ने समाजले चलाएको उद्योग व्यक्तिको नाममा हस्तातरण गर्ने आफ्नो अधिनमा कर्मचारी भत्ती गर्ने संसदीय व्यावस्था आज समाजवादको नाटक रचिरहेको छ । जसमा समाजवादमा छ, जसमा समाजवादमा कुनैपनि उद्योगका मालिक र मजदुरको सम्वन्ध हुदैन । जो उद्योगका माालिक हुन्छन् उ नै कम्पनिको साहुँ हुन्छ । समाजवादमा धनी गरिव जात हुदैन । सम्पुर्ण स्वास्थ्य, शिक्षा र रोजगारी सरकारले लिएको हुन्छ । एउटालाई आपत पर्दा अर्काेले सहयोग गर्छ । देशमा रहेका जनतालाई गाँसवास तथा कपासको सम्पुर्ण जीम्मा सरकारले लिने सम्पुर्ण उद्योग कलकाखाना व्यात्तिको स्वामित्वमा नभई सरकारी स्वामित्वमा हुन्छ । खान नपाएर मानिसहरु छटपटिनु पदैन । रोजगारीको लगि छट्पटिनु पर्दैन । यसलाई समाजवाद भनिन्छ । नेपालमा नेपाली जनताको आखाँमा छारो हाल्न विभिन्न समाजवादको कुरा ल्याएका छन । त्यो कुन ठिक हो की होइन् नेपाली जनताले छुट्याउन आवश्यक छ ।
(प्रस्तुत विचार लेखकका नीजि हुन्–स)
प्रकाशित मिति २०७४-१२- ८
फेसबुकबाट तपाईको प्रतिक्रिया