समिर र बिध्याले ३ महिनामै पाए दर्शकहरुको अपार माया

बिजनेसपाटी सम्बाददाता
सिड्नि अस्ट्रेलिया १५ कार्तिक   l

गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” बोलको गित करिब ३ महिनाको अन्तरालमा करोड क्लबमा प्रवेश गर्न सफल भएको छ l लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा ४/५ दर्जन गितहरु पस्किँदै अतुलनिय योगदान पुर्याउदै आएका छन् भने गायिका बिद्या तिवारी नेपाल आइडल सिजन १ को प्रतिस्पर्धि तथा भोइस अफ नेपाल कि एक शसक्त प्रतिस्पर्धी रहेकी छन् l
विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिरले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन् l गितको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार केसीले म्युजिक भिडियोलाई छायांकन गरेका हुन् l निर्देशक टेकेन्द्र साहले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका आँचल शर्मा र शुसान्त खत्रीको बेजोड नृत्यको तथा अभिनय देख्न सकिन्छ l
छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल गित “पिच रोड” को सफलता देखेर गायक गायक गायिका दुवै खुसी भयको बताउँछन।नेपाली गित संगीत प्रेमीहरुको अपार माया तथा यस गितको म्युजिक भिडियोलाई दर्शकहरुले अत्याधिक मनपराई दिएकोमा सम्पूर्ण भिउर्सहरुलाई गायकले धन्यबाद समेत दिएका छन् भने आगामी दिनहरुमा समेत यस्तै माया र साथको अपेक्षा गर्दै नेपाली साँगितिक बजारमा गायक समिरले आफ्ना फ्यानहरुलाई अर्को कोसेली “सामोमा सानो माछी खेल्यो खोलामा” बोलको गित ल्याउने तरखरमा रहेको र सो गितको प्रोमोसन गर्न आफ्नै बिभिन्न सामाजिक सँजाल मार्फत सार्वजनिक समेत गरेका छन् र गायकले यस्तै माया र सहयोगको अपेक्षा समेत गरेका छन् l
भिडियो हेर्न यो लिँकमा क्लिक गर्नुहोस्।

फेसबुकबाट तपाईको प्रतिक्रिया