समृद्ध नेपालको सपना
अरुण कार्की
भावनामा तरङ्गीत भएर तुरुन्तै उत्तेजित र स्खलित हुनु नेपालीको परिचय जस्तै बनेको छ । आन्तिरक र कुटनितीक दुवै तरिकाले प्रष्ट देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे र राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भम्रणको बेला दुवै शुत्रहरु प्रयोग भएका छन् । आन्तरिक रुपमा २००७ सालमा प्रजातन्त्रको उदयर २०१७ सालमा राजा महेन्द्रले सत्ता हत्याए पश्चात २०३६ को जनमत संग्रह, २०४६ सालको बौद्धलीय व्यवस्थाको आन्दोलन, २०५१ बाट सुरु माओवादी १० वर्षे जनयुद्ध, २०६२÷०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन, २०६४ को पहिलो सविधान सभाको निर्वाचन, २०७० मा सम्पन्न दोस्रो सविधान सभाको निर्वाचन लगायत अन्य अवधिमा सम्पन्न स्थानिय निर्वाचनसम्मको नतिजा नियाल्दा नेपाली राजनीति उतरचढावमय छ । एक पछि अर्काे, अर्काे पछि फेरि अर्काेको प्रयोगको रुपमा नेपाली राजनीतिको कम्पास घुमिरहेको छ । आशा र निराशाको आरोह अवरोहमा दैनिकी गुजारी रहेका नागरिकलार्इृ उद्देश्य प्रेरित भन्दा क्षणिक लाभ र प्रतिसोधमा व्यतित् हुन कुनै आइतवार भने पर्खनु पर्दैन । आफु परीक्षामा सफल हुने उद्देश्यका लागी समृद्धि र विकाशको राजनीति भन्दा भोटको राजनीति गरेर निरन्तर आफु ए लेभलको ठेकेदार बन्न चाहनेहरुले आम नागरिकबाट अदृश्य रुपमा फाइदा लिदै देश र जनतालाई रोडमा र आफुलाई करोडको आलिसान महलमा भिœयाउन निरन्तर प्रचण्ड राजनीति गरिरहेका छन् ।
जनता कार्यकर्ताको आधारमा विभाजित हुदा नेतृत्व तहमा पुग्ने व्यक्ति सक्षम र सफल राजनीतिज्ञ नहुनु स्वभाविक हो । यसमा कुनै नेता विशेषको गुण÷दोष भन्दा पनि आम जनताको दृष्टि भ्रम हो । जनता भेडा हुन भन्ने काग्रेस नेता गनेशमान सिंहको भनाई ठोस वस्तुको ठोस विश्लेषण र उचित समयमा उचित निर्णय नहुनु हो । आफ्नो विवेक स्वत स्र्फुत रुपमा प्रयोग गरेर सही गलत ठम्मयार निर्णय गर्नु भन्दा पनि लहैलहैमा एउटाको पछि लागेर औठा छापको राजनीतिलाई मलजल गर्ने जनतानै हुन । सिरिया सोमालिया लगायत दन्द्धग्रस्त अफ्रिकन मुलुकका जनतालाई जसले १ प्याकेट चाउचाउ दिन्छ जो उनीहरुको लागी महान् हुन्छ । हामी जुन धरातल भन्दा धेरै माथि छौ तर यसको भरपुर फाइदा उठाएर आफ्नो सिमीत स्र्वाथको लागी निरन्तर देश र जनताको विरुद्ध अप्रिय निर्णय गर्ने तिनै नेताहरुको फुर्सदमा भरपुर आलोचना गरेर बस्छौ । अनि जब चुनाव आउछ अनि फेरि तिनै नेताद्वारा प्रायोजित एक गिलास मदिरा र २ चोक्टा मासुको भरमा हामी फेरि ४÷५ वर्षको लागी लाहछाप ठोकिदिन्छौ ।
वनको चरी वनमै रमाउछ भने जस्तै हामी अस्थिर राजनीतिमा रमाउन पल्केकाहरु सिंगापुर र स्वीजरल्याण्डका गफ फलाक्नेहरुबाट मुक्त हुनुपर्दछ । हामीले खोजेको, हाम्रो माटोले चाहेको, हाम्रो राष्ट्रियताप्रति संवेदनशील नेतृत्वको लागी जनस्तरबाट उसका विगत र वर्तमानको क्रियाकलाप,भावी योजना र कार्यक्रम, निर्णय क्षमता जस्ता विषय वस्तुमा हर हमेशा छलफल र विश्लेषण गरि त्यस्तो निर्णय माफर््त नेतृत्वको चयन गर्नुपर्दछ । जुन कुरा हामीले भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनबाट पनि सिक्न सक्छौ । त्यहाका नागरिक सवै भन्दा पहिला म र राष्ट्र कसको नेतृत्वमा सवै भन्दा बढी सुरक्षीत हुन्छ भन्ने कुराको निकर््यौल गर्छन् । त्यस कारण ड्रोनाल्ड ट्रप त्यति ठुलो मिडियावाजीको वीच अपत्यारिलो ढंगबाट महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भए । युरोप अमेरिकाको चेतनाको स्तर भन्दा हाम्रो चेतनाकोस्तर आधा शताव्दी पछाडि छ ।
हिजो जहानिया राणा शाषणको विरुद्धमा लड्यौ, राणाहरुलाई पराजित गर्याे र प्रजातन्त्रको झण्डालाई आफ्नो श्वासले फरफह्यौ फेरी तिनै राणाहरुको सर्मथन÷असर्मथनमा विभाजित हुन पुग्यौ । पञ्चायतको विरुद्ध आन्दोलन ग¥यौ, पञ्चायतलाई पनि ढाल्यौ,पछि यसको पनि पक्ष र विपक्षमा उभियौ । निरंकुश एकात्मक राज्य प्रणाली आफु अनुकुल नभएको ठहर ग¥यौ । १० वर्ष लामो युद्ध र १७ हजारको वलीदानी तथा २०६२÷०६३ को जनआन्दोलन माफर््त राजतन्त्रको विधिवत अन्तेष्टी गरेर गणतन्त्रको लाल झण्डा फह्यौ, आज फेरी त्यही राजतन्त्रकको वकालत गर्दै हिड्न थालेका छौ । एक पाइला अगाडि र दुई पाइला पछाडिको नितीमा हामी विलम्व भई रहदा हिजो हामीले खाद्यन्न आपूर्ति गर्ने कोरिया, जापान जस्ता देशहरु आज महाशक्ति राष्ट्रहरुसंग प्रतिष्प्रधाको तहमा पुगीसकेका छन् । हामी भने जापानले बनाई दिएको घडी र टि.भी. हेरेर कोरियाले बनाई दिएको मोवाइल मार्फत कोरियाको कृषि फार्ममा काम गर्ने छोरालाई फोन गर्नमा विवश छौ । करोड खर्च गरेर डाक्टर÷पाइलट पढछौ, वर्षाे खर्र्चेर मास्टर÷डिग्री हासिल गछौ । २२ हजारको जागिर खान नेताको शरण पर्छौ, यति न हो हाम्रो चेतना । स्वरोजगार सिर्जना गर्न सरकारले सक्दैन र मलेशियाको निर्माण कम्पनी र दुवइको मरुभुमीमा हाम्रा युवाहरुले पाखुरी ख्याउनुपर्छ भने अन्धभक्त सरकारले पनि +२ माथिका सवै संकायहरु वन्द गरे हुन्छ । स्नाकोत्तर गर्ने सम्मको समयमा उसले ५÷६ लाख कमाउछ त्यसैको रेमिटान्सबाट अनुत्पादक सरकारका अनुदार र मुलुकका भारहरुलाई उपचार र खाजा खर्च जुटछ । ३ करोड नेपाली जनताको भीडबाट २÷४ जना जसले देश र जनताको खातिर मरि मेटछन् । ती मध्ये राजनीतिज्ञ भए त्रिशुलीमा हुत्याइन्छ वा कसैको वात लगाएर हिलो छाप्ने र उसलाई बदनाम बनाउने काम गरिन्छ । कर्मचारी भए टे«ड युनियन मार्फत कार्यलयमा अवरोध गरि असफल घोषित वा राजीनामा गर्न वाध्य पारिन्छ । अहिले समृद्ध नेपालको २५ वर्षे खाकासहित मैदानमा आएका डा. बाबुराम भट्टराई यसको सिकार भएका छन् ।
जसले आफ्नो योग्ता र विश्वको मागलाई त्यागेर देश विकाशको लागी दौडिन्छ उसलाई दाग लगाउन तल्लीन हुन्छौ । वोक्सीको नाममा दिशा खुवाउने र छोरा नजन्माएको नाममा महिलालाई प्रत्याडित गर्ने समाजका पात्र न हौ । जनता जबसम्म राष्ट्रिय झण्डामुनि गोलवद्ध हुन सक्दैनन् । कागे्रस, एमाले, माओवादी र अन्यको झण्डामा कित्ताकाट भएर बस्छन् तवसम्म समृद्ध नेपालको सपना आकाशको फल आखा तरि मर सावित हुनेछ । जसका लागी जनताले आवेग हैन विवेकको प्रयोग गर्नुपर्दछ । विवेकी जनता भए विवेकशील समाज वन्छ, विवेकशील समाजले सक्षम नेतृत्व उत्पादन गर्छ । जुन बिषय वस्तु नागरिकको चेतनाकोस्तर वृद्धि भएपछि मात्र सम्भव छ । तत् पश्चात नागरिकले प्रत्याभुत गर्ने गरि समृद्ध नेपालको अभियानले गति लिने छ । नारायण गोपालले भनेका छन् गीत गाउनको लागी गीत गाउनै गर्छ । समृद्ध नेपाल निर्माणको लागी सपना देखेर मात्र प्रयाप्त हुदैन । गतिशील, सृजनशील र दुरर्दर्शी हुनुपर्दछ । संसदीय व्यवस्थाले थलिएको ३६ महिनामा ४ वटा सरकार बन्ने मुलुक नेपाल हो । नोवेल शान्ति पुरस्कार विजेता बर्माकी नेतृ आङ सान सुचीले भने जस्तै नक्कली प्रजातन्त्र निरङ्कुशता भन्दा बढ्ता खतरनाक हुन्छ । निरङ्कुशताले नै मानिसलाई लड्नका लागी प्रेरित गर्छ तर नक्कली प्रजातन्त्रले त्यो छनोट दिदैन । समृद्ध नेपाल निर्माण अभियानको पहिलो काम संसदीय व्यवस्थाको श्रद्धापूर्वक विर्सजन गरि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने हुनुपर्दछ । सवै व्यवस्थालाई ढुक्कका साथ आत्मसाथ गर्न भने सकिन्न जुन अमेरिकी राष्ट्रपतीय, बेलायती तथा फ्रान्सेली र चीनको जस्तो एक दलीय प्रणाली नै किन नहोस् । समयको प्रवाहसंगै गतिशील मानव समाजले नयाँ विकल्प खोज्छ जुन ऐतिहासिक आवश्यकता हो । जवसम्म म्ष्चभअत भ्भिअतभम भ्हभअगतष्खभ क्थकतझ मा प्रवेश गर्न सक्दैनौ तवसम्म सपना देखेर पनि नब्यिुजनेहरुको सुचीमा हामी सुचीकृत भइरहने छौ ।
अविकसीत मुलुकलाई विकाशोन्मुख हुदै विकसीत बनाउनको लागी सुरुवाती कार्यकारीहरु उदार तानाशाह समेत बन्न सक्नुपर्दछ । जसको उदाहरणको लागी हामी सिंगापुरका लि क्वान यु र मलेशियाका माथिर महोम्हदलाई हेर्न सक्छौ ।
हामी आफैमा भरिर्पूण छौ जबकी फक्रण लागेको फुल र हाम्रो सम्पदामा कुनै भिन्नता छैन । प्राकृतिक रुपमानै हामी संग प्राप्त जल, जमीन, जंगल, जडीवुटी, सर्वाेच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल, हिन्दु धर्मालम्वीको उदगम स्थल पशुपतिनाथको मन्दिर, थुप्रै झरणा, ताल, हिमश्रृखला र अन्य मनोरम पर्यटकीयस्थल छन् । मानव स्रोत साधन प्रर्याप्त छ । खाचो मात्र परिचालनको हो । हामीलाई हाम्रो जिवनस्तर परिर्वतन गर्न कुनै भिमकाय पहाड फोरी रहनु पर्दैन । पर्यटक, जलविद्युत र सस्कृति मार्फतनै हामी विश्वमा उदाहरणीय मुलुक वन्न सक्छौ । म्ष्चभअत भ्भिअतभम भ्हभअगतष्खभको व्यवस्थाबाट सवल, सुस्पष्ट र दुरदर्शी नेतृत्वको स्थापना गरौ । समृद्धि कुनै चराको नाम र युरोप अमेरिकामा मात्र सिमीत हुने कुनै अजीव वस्तुहोइन । अन्धविश्वास र बोलावटमा प्रोत्साहित भएर नभइ जिम्मेवारीपूर्ण र सचेतनापूर्वक लिएको निर्णयबाट आशावादी हुनुपर्दछ । नागरिकस्तरबाट सोच बदलौ, देश बदलिन्छ, जीवनस्तर माथि उठछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया