सयपत्रि फुलको मुल्य बढेपछि कागज र प्लास्टिकका फुलहरुको प्रयोग बढ्यो

लक्ष्मी पाण्डे
बारा १५ कार्तिक
नेपालीहरुको महान चाड तिहारमा अत्याधिक प्रयोग हुने सयपत्रिफुलको मुल्य बाराको स्थानिय बजारमा बढेको छ । धागो, कागज र प्लास्टिकका फुलहरु भन्दा पुजा, घरसजावट र मालामा मौलिकता झल्कने भएपछि प्रयोग बढ्दा यस्को मुल्य बडेको हो । स्थानिय उत्पादन नहुदा अरुमा भरपर्नु पर्दा पनि फुलको मुल्य बिगतको बर्षभन्दा यस बर्ष दोब्बर भयको डुमरवाना १४ का स्थानिय रुबिन प्रसाद दहाल बताउनुहुन्छ । बाराको सिमरा, पथलैया, अम्लेखगंज, निजगढमा सयपत्रि र मखमलि फुलको निजि प्रयोग लाई समेत उत्पादन नगरी बजारमै खरिद गर्नेहरु बढेपछि पनि फुलको मुल्य महगिंन पुगेको हो । गत बर्ष ३० देखि ६० रुपैया पर्ने एकमुठा फुलको मुल्य यसबर्ष एक सय रुपैयामा बिक्रि भैरहेको छ । पुजा र दाजुभाई लाई माला बाहेक पनि घरका झयाल,ढोका,पसलहरुमा सजावट यिनै फुलहरुले गर्ने बढेपछि यसको माग समेत बढेको छ ।
फुलको माग र प्रयोग बढे पछि यसको मुल्य स्थानीय बजारमा बढदै गएको बताउनुहुन्छ स्थानिय संचारकर्मि प्रकाश लम्साल । फुलको माग बढेसंगै भारत बाट समेत यसको आयातमा बृद्वि भएको पाईन्छ । आयात भएको फुलहरु महगो भएपछि स्थानिय गा्रमिण बस्तिहरुमा कागज र प्लास्टिकका फुलहरुको प्रयोग बढ्न पुगेको छ । स्थानिय बजारहरुमा मकवमनपुरका पहाडि क्षेत्रहरु बाट सयपत्रि र मखमलि फुलहरु बिक्रिका लागि ल्याउने गरीन्छ । स्थानिय स्तरमा उत्पादन नहुदा अन्यन्त्र जिल्लामा भर पर्नु पर्दा फुलको मुल्य बर्षेनी बढदै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया