सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै मोलुङ्ग हाइड्रो
काठमाडौं २५ माघ २०७९
मोलुङ्ग हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि फागुन ४ गतेदेखि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।
कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो। जसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ।
यस्तै कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याएको बताएको छ। सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर वितरण गर्ने भएको हो।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। उक्त आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया