सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुट्यो

एजेन्सी/मुम्बई–१९ श्रावण

आफ्नी प्रेमी निकसँगको इंगेजमेन्ट र हलिउडको फिल्ममा नायिकाको प्रस्तावपछि अभिनेत्री प्रियंका चोपडाले छायांकनको केही दिनअघि मात्र फिल्म ‘भारत’ छाडेकी हुन् ।

सलमान र प्रियंकाको जोडीलाई पर्दामा देख्ने दर्शकको चाहना फेरि टुटेको छ । अब प्रियंकाका ठाउँमा यस फिल्ममा दर्शकले अर्की अभिनेत्री कैटरिना कैफलाई देख्न पाउनेछन् । सलमानसँग फेरि जोडी हुन पाउँदा कैटरिनाले खुसी व्यक्त गरेकी छन् ।

सलमान खानसँग काम गर्न आफूलाई सजिलो लाग्ने भएकाले पनि भारतमा नायिकाका रूपमा जोडिएको उनले बताइन् । आफूलाई निर्देशक अलीले फोन गरेर यो फिल्ममा प्रस्ताव गरेको र फेरि अलीसँग राम्रो फिल्म खेल्न पाएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

आफूलाई दिइएको भूमिका पनि त्यत्तिकै राम्रो भएको कैटरिनाले बताएकी छन् । पर्दामा फिल्म आएपछि दर्शकले भारत जस्तो राम्रो फिल्म खेलेर कैटरिनाले सही काम गरेको प्रतिक्रिया दिने पनि उनले बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया