सांसदलाई साउन ६ गतेसम्म उपत्यका नछोड्न काँग्रेसको निर्देशन

काठमाडौँ १ साउन-
नेपाली काँग्रेसले आफ्ना सबै सांसदलाई साउन ६ गतेसम्म उपत्यका बाहिर नजान निर्देशन दिएको छ। व्यवस्थापिका–संसद्मा वर्तमान प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदलाई यस्तो अपिल जारी गरेको हो।
काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले हिजो साँझ दोस्रो पटक विज्ञप्ति जारी गरी साउन ६ गतेसम्म उपत्यका बाहिर नजान र बाहिर जिल्ला वा विदेशमा रहेका सांसदलाई साउन २ गतेसम्म संसदीय दलको कार्यालयमा हाजिर हुन अपिल गरेका हुन्।
संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावलाई मध्यनजर गर्दै सांसदलाई सजग गराइएको मुख्य सचेतक श्रेष्ठले बताए।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया